१५ प्रतिशत वित्तीय क्षेत्र ओगटेको सहकारी समस्यामुक्त हुनुपर्नेमा गभर्नरको जोड ( फोटो फिचर र भिडियो सहित)
काठमाडौं ५ पुस। नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले देशको १५ प्रतिशत वित्तीय क्षेत्र ओगटेको सहकारी समस्यामुक्त हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी (नेफस्कून) को २२ औं साधारणसभामा बोल्दै उहाँले सहकारीमा रहेका कमजोरी लुकाउन हैन, फुकाउन आग्रह गर्नुभयो ।
गभर्नर खतिवडाले सहकारीले आफूलाई उत्पादनमुखी विकासमा उत्प्रेरित गर्न सके रोजगारीको विकास हुने र त्यसबाट सशक्तिकरणको अभियान प्रारम्भ हुने बताउनुभयो । सरकार र निजीक्षेत्रको प्रयासबाट मात्र जनस्तरमा वित्तीय पहुँच पुग्न सम्भव नभएकाले सहकारीको अवधारणा आएको स्पष्ट पार्दै उहाँले सहकारीका सकारात्मक प्रयासमा सहजकर्ताको भूमिका निभाउन सरकार तयार रहेको बताउनुभयो ।
सभाको उद्घाटन गर्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा राजनीतिक र संवैधानिक संक्रमणको व्यवस्थापन भएको अवस्थामा अब विकासको साझा कार्यसूची बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । सियोदेखि हेलिकोप्टरसम्म बाहिरबाट ल्याउनुपर्ने मुलुकको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी नबनाएसम्म सबै प्रयास निष्फल हुने बताउनुभयो ।
उहाँले आफूले सहकारीलाई सरकारी र निजीक्षेत्रको सेतूका रुपमा विश्वास गरेको बताउँदै यस वर्षको बजेटले यी तीन खम्बाबीच सहकार्य, समदूरी र समन्वयको बाटो खोलेकोे बताउनुभयो । सहकारी क्षेत्रमा संख्यात्मक नभई गुणात्मक प्रगति हुनुपर्ने बताउँदै उहाँले यसक्षेत्रमा सरकारको हस्तक्षेप कमभन्दा कम होस् भन्ने चाहेकोले आत्मअनुशासनलाई मूलमन्त्र बनाई अघि बढ्न सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।
अर्थ मन्त्रालयले केन्द्रीय वित्तीय रणनीति तयार गर्दै गरेको जानकारी दिँदै मन्त्री कोइरालाले सहकारीलाई पनि त्यसले सकारात्मक सम्बोधन गर्ने बताउनुभयो । सहकारी विभागका रजिष्टार केदार न्यौपानेले एकातिर कामदार नपाउने, अर्कातिर काम नपाउने सामाजिक अवस्थालाई ध्यान दिएर सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा सहकारीले २ खर्बभन्दा बढी कारोवार गरिरहेको जानकारी दिँदै यो पैसा हाईड्रोपावरका क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।पूर्वमन्त्रीहरु राजेन्द्रप्रसाद पाण्डे, केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले सहकारी क्षेत्रले देशको सामाजिक र आर्थिक विकासमा ल्याएको परिवर्तनका विषयमा बोल्नुभएको थियो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार