सहकारी व्यवसायको नमूना
–लेखनाथ ढकाल
सहकारीका बारेमा बोलेर, भाषण गरेर होइन गहिरो चिन्तन–मनन गरेर उपयुक्त विचार र विधि–प्रक्रिया तय गरेर जनतालाई सेवा पु-याउन सकिन्छ । सहकारीमा सामेल हुने सदस्यहरू सकेसम्म पूर्णरूपले समर्पित भएर नै सहकारीको कामबाट आफ्ना सामाजिक–आर्थिक–साँस्कृतिक आवश्यकता पुरा गर्न सक्नेछन् । पैसा हुने, सम्पत्ति हुने र समाजप्रति योगदान गर्न चाहने मानिसले सहकारीमा लगानी गरेर हजारौ परिवारलाई उठाउने अभियानमा लाग्ने हो । हाम्रो देशमा पैसा हुनेहरूले धेरै पैसा आफू एक्लै कमाउने काममा सहकारीको दुरूपयोग गरेको भन्ने हो कि ? सहकारीमा सदस्य बन्ने परिवार चै चर्को व्याजमा ऋण खाने र पैसावालाहरूका लागि असल ग्राहक बनिदिने मात्र जस्तो हो कि ? आदि प्रश्नहरूले छटपटी सबैलाई गराएकै छ । सहकारीको मर्म, सिद्धान्त, भावना, ऐन अनुसार विद्यमान हाम्रो अभ्यास नभएको कुरामा ध्यान दिन पर्ने अवस्था छ । पत्रकार, नागरिक समाज, स्वयं सहकारीमा लामो समयसम्म लागे मानिसहरू हाम्रो सहकारी अभ्यासप्रति सन्तुष्ट छैनन् । राजनीतिक क्षेत्र केवल सस्तो लोकप्रियताका लागि मात्र बोल्ने गर्दछ । सहकारी क्षेत्रका केही समूह खास गरी सहकारी क्षेत्रका नेता हौ भन्नेहरूको समूह बाहेक आम रूपमा सहकारीप्रति आलोचनात्मक विचार पाइने गरेको छ । विकसित देशमा सहकारी नै हुदैनन भन्ने अल्प ज्ञान भएका मानिसले सहकारीको नीति नियम बनाउने र निर्णय लिने हाम्रो देशमा उल्टो गङगा बग्नु अस्वभाविक भने होइन । तर, सहकारी भनेको नागरिकको क्षेत्र हो, त्यसैले विश्वमा असल अभ्यासको व्यवापकता भएको सहकारीको ज्ञानबाट नेपालमात्र अपवाद बन्न सक्दैन । युरोपको उपभोक्ता सहकारीको बारेमा जानकारीका लागि यो सामग्री यहा राखिएएको छ ।
–एडमिन
जिम्मेवारी र दिगो उद्यमशीलताको नमुना युरोकोप
उपभोक्ता सहकारीहरूले उच्च स्तरका सेवा प्रदान गर्न आधुनिक प्रविधिहरूको उपभोग गरेका छन् । युरोपेली उपभोक्ता सहकारी संघ “युरोकोप”का सबै सदस्यहरूका बिक्रि केन्द्रहरू ३०,००० भन्दा बढि रहेका छन् । यी विक्रि केन्द्रहरू स्थानीय पसलदेखि लिएर निश्चित समुदायको लागि दुर्गम स्थानमा स्थापना गरिएका विक्रि केन्द्रसम्म र शहरी क्षेत्रका सपिङ कम्प्लेक्समा रहेका सुपरमार्केट तथा हाइपर मार्केटसम्म रहेका छन् । रिटेल बिक्रिको बजारमा उपभोक्ता सहकारीहरू प्रमुख रहने गरेका छन् । युरोकोपका सबै सदस्यहरूको वार्षिक कारोवार ७० विलियन युरोभन्दा बढि रहेको छ ।
मुल्य मान्यताको पर्वाह नगरी प्रगती गरिएको, उपभोक्ता सहकारीहरूले उच्च स्तरमा बलियोसंग सामाजिक जिम्मेवारीका कुरामा केन्द्रीत हुने गर्दछन् । त्यसकारण, सदस्यहरूको सन्तुष्टी, चाहना र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर उपभोक्ता सहकारीहरूले दिगो हुने गरी काम गर्दछन् । उत्पादन तथा वितरणका प्रक्रियामा समुदायको दिगो विकासका कुरालाई ध्यानमा राखेर विभिन्न क्रियाकलाप गर्ने गरिन्छ । स्थानीय समुदायको दिगो विकास, वातावरणीय सरोकारका विषयमा ध्यान दिइने, उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा ध्यान दिएर उपभोक्ता सहकारीले आफ्ना सबै क्रियाकलापलाई अगाडि बढाउने गरेका छन् । युरोकोपका सबै सदस्य संघ संस्थामा ३,००,०००९तीन लाख० मानिसले रोजगारी पाएका छन् । उपभोक्ता सहकारीमा रोजगारी प्राप्त गरेका प्रत्येकको व्यक्तित्व विकासमा बिेशेष जोड दिइन्छ ।
युरोकोपले उपभोक्ता सहकारीको मुल्य, मान्यता र संरचनाको विषयमा राम्रो नमुना प्रस्तुत गर्दछ साथै युरोपेली स्टयाण्डर्डमा उपभोक्ता सहकारीको मोडेल प्रस्तुत गर्दछ । युरोकोपका गतिविधिहरूका उपलब्धीको विषयमा खास गरीकन यस्का सहभागीहरूले युरोपेली युनियनमा फोरमहरूमा, युनियन र यस्का साझेदारी कार्यक्रमहरूमा र अन्य सरोकारवालाहरूमा चर्चा हुने गर्दछ । स्रोत : युरोकोपन्युज
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार