सहकारी नीतिको आवश्यकता
नेपालको अन्तरिम संविधान, २०६३ ले आर्थिक विकासको नीति अवलम्बन गर्ने सन्दर्भमा सहकारी क्षेत्रको भूमिकालाई अत्यन्तै महत्व दिएको छ । सहकारी क्षेत्रलाई छ राष्ट्रिय विकासका तीन आधार स्तम्भ मध्ये एकको रूपमा राज्यद्वारा स्वीकार गरिएको छ । मुलुकमा सहकारीको विकास, विस्तार र प्रवद्र्धनका लागि प्रारम्भिक तहदेखि राष्ट्रिय तहसम्मको संगठनात्मक संरचनाको निर्माण भइसकेको छ ।
कृषि, वित्त, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत, आवास, पर्यटन, वीमा जस्ता क्षेत्रहरूमा सहकारी पद्धतिबाट उद्योग व्यवसाय गर्ने आकर्षण बढ्दै गएको छ । ग्रामीण क्षेत्रका लक्षित समुदायका अनौपचारिक समूहहरु सहकारी प्रति आकर्षित हुनु सहकारी क्षेत्रको उपलब्धिको रुपमा लिन सकिन्छ । सहकारी मार्फत देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुको सहयोग परिचालन हुने यथेष्ट सम्भावना पनि छ ।
सामाजिक एकीकरण, गरिबी न्यूनीकरण, उत्पादनशील रोजगारीको सिर्जना, मर्यादित एवं सकारात्मक श्रम सम्बन्ध, वातावरण संरक्षण, समतामूलक समावेशी समाजको निर्माण, उद्यमशीलताको विकास, स्वच्छ र प्रतिस्पर्धी व्यावसायिक वातावरणको सिर्जना, उत्पादनमा बृद्धि जस्ता उपलब्धी हासिल गरी देशको सामाजिक तथा आर्थिक विकासमा सहकारी क्षेत्रबाट योगदान पु¥याउन उद्योग व्यवसायमा सहकारीको व्यवहारिक प्रयोगका लागि राष्ट्रिय सहकारी नीतिको अपरिहार्यता महशूस गरिएको छ । यसै पृष्ठभूमिमा नेपालको सहकारी क्षेत्रको विकासको लागि यो राष्ट्रिय सहकारी नीति, २०६९ तर्जुमा गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार