सहकारी एक अवसर र चूनौती
बुद्धि तामाङ । सहकारी भनेको सकारात्मक सोच, विचारधारा र दार्शनिक चिन्तन गर्ने एउटा स्कूल हो । समाजलाई सकारात्मक रूपान्तरण गर्ने सिद्धान्त, पद्धति÷शैली र विधि हुन् । मुलुकलाई शान्तिपूर्ण रूपान्तरण गर्ने हजारौं, लाखौं सहकारी अभियन्तहरू जन्माउँने थलो हो । मुलुकको अर्थतन्त्रलाई पुननिर्माण र उद्धार गरी त्यसलाई सन्तुलित रुपमा हाँक्ने र व्यवस्थान गर्ने संयन्त्र हो । मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउनको लागि नयँनयाँ विचार, सिद्धान्त र विधि सिर्जना गर्नै आविस्कारक र त्यसलाई सञ्चालन गर्ने सर्जक पनि हुन् । सहकारीको गिदी भनेको शान्ति र सिर्जनाको बारेमा सोच्ने गतिवान मश्तिष्क हो । सहकारीको बोली भनेको आर्थिक विकासको जग वलियो बनाउँन आवाज बुलान्द गर्ने गर्जन हो । सहाकारीका पौरखी हातहरू भनेको अर्थिक विकास प्रक्रियाको संयन्त्र सञ्चालन गर्ने औजारहरू चलाउने कौशलता हुन् । सहाकारीमा सङ्गठीत कर्मबीरहरूले बोक्ने कलम भनेको मुलुकको आर्थिक विकासको हिसाबकिताब राख्ने अभेद्य औजार हो । सहकारीको शरिर भनेको राष्ट्रिय अर्थतन्त्रलाई सही ढङ्गले हाँक्ने वेगवान राष्ट्रिय गति हुन् । यही सकारात्मक सोच र दार्शनिक चिन्तनको आधारमा नेपालमा लगभग २८(हजारको हाराहारीमा सहकारीहरु स्थापना भएका छन् । ती मध्ये धेरैजसो सहकारीहरू सहर बजारमा केन्द्रीत रहेका छन् । केही सहकारीहरू सुदूर ग्रामीण इलाकाको अनौपचारिक क्षेत्रमा सक्रिया हुन थालेका छन् । र, यो क्रम बढ्दो छ । सहकारीहरूको मूख्य आधार भनेको उसको स्थानीयस्तरमा रहेका व्यक्तिहरु हुन् । तीनै सेयर सदस्यहरूले जम्मा गरेको स(साना वचतले नै सहकारीहरूको जीवन धानीरहेका छन् । हाल सहकारीहरूमा अर्वौ रूपियाँ जम्मा भएको छ । यत्रो ठुलो पूँजी निर्माण गर्न सक्नु भनेको सहकारीको ठुलो सफलता र उपलब्धि हो । यसको अर्थ, सहकारीको अस्तित्वको जरा कुनै स्वदेशी तथा वैदेशिक दातामा निर्भर नभइ स्थानीय स्तरमा छरिएर रहेका उसको सेयर सदस्यहरू नै हुन् । हाल सहकारीहरु पैmलिंदै जानुमा यी नै शेयर सदस्यहरू र उनिहरुले वचत गरेका स(साना वचत नै हुन् भन्ने कुरामा दुइमत हुन सक्दैन ।
सहकारीले दुर्गम भौगोलिक क्षेत्रका विशाल ग्रामीण इलाकाहरू देखि सहरीक्षेत्रका युवाहरूलाई कृषि र गैरकृषि क्षेत्रमा सङ्गठित गरी थोरैलाई भएपनि स्वरोजगारको सिर्जना गर्दै व्यवसायिक उत्पादन र बजार व्यवस्थापनका लागि काम गरिरहेको छ । कृषि र गैरकृषि भन्नाले कृषि÷वन÷पशुको व्यवसायिक खेती र लघु÷घरेलु÷साना÷मझौला उद्योग सञ्चालनको क्षेत्र नै हुन् । स्वरोजगार हुने परम्परागत व्यवसाय र बजारमुखी उत्पादनलाई हाम्रो मौलिक ज्ञान, स्थानीय कच्चा पदार्थ र स्थानीय साना पूँजीमा आधारित भई सहकारीले अगाडि बढाई रहेका छन् । यसलाई अहिलेको बजारमा बिक्री गर्न लायकको सेवा र वस्तु उत्पादनको लागि आधुनिक ज्ञान र बाह्य कच्चा पदार्थको सम्मिश्रण गर्दै प्रतिस्पर्धात्मक लाभ र तुलनात्मक फाइदा लिन सक्ने बनाई रहेका छन् ।
प्रशंसनीय दृष्टिकोणबाट सोच्दा भविष्यमा अगाडि बढ्नको लागि सहकारीहरू सम्भावना र अवसरहरूले भरिपूर्ण रहेको छन् । ती सम्भावना र अवसरहरू हाम्रा सामु प्रत्यक्ष रूपमा देखा परिरहेका छन् । एउटा उदाहरणको लागि सहकारीका सदस्यहरू आपैmले कुनैपनि कृषि तथा गैरकृषिमा आधारित बजारमुखी व्यवसाय वा उद्योग सञ्चालन गर्दा निजीक्षेत्रको कलकारखानामा जस्तो मालिक र मजदुर भन्ने हुँदैन । अहिलेको नेपालमा जहाँ १० जनाभन्दा धेरै मजदुर हुन्छ, त्यहाँ राजनीतिक दलको भातृसङ्गठन खोल्छ । त्यसपछि विभिन्न माग राखी हड्ताल, जुलुस र बन्दको मार खेप्नु पर्ने हुन्छ । सहकारीका सेयर सदस्यहरू आपैmले सञ्चालन गरेका व्यवसाय वा उद्योगको मालिक र उत्पादनकर्ता आपैm भएको हुनाले आफ्नै विरूद्ध विभिन्न माग राखी राजनीतिक हठडताल, जुलुस, घेराउ र बन्दको कार्यक्रम गर्न सक्दैनन् । जसले गर्दा स्वभाविक रूपमा उद्योग÷व्यवसाय सञ्चालन हुन्छ र उत्पादनले निरन्तरता पाउँछ । सहकारीले सञ्चालन गरिरहेको आर्थिक क्रियाकलापलाई विस्तार गर्न सहकारीहरूले दुरदर्शी भई थप प्रयास गर्नु पर्छ नै । यतिमात्रैले पुग्दैन, वर्तामान पूँजी, साधनस्रोत, ज्ञान, दक्ष श्रम र सीप, उदाहरण बनेका नमुनाहरू, सफलता र उपलब्धिहरूलाई गुणात्मक र मात्रात्मक रूपमा विस्तार गर्नको लागि सहकारीको लागि सुनौलो अवसरहरूको रुपमा लिन सक्नु पर्दछ । त्यसलाई वेलैमा चिनेर मौकाको फाइदा उठाउँन सकेमा भोली आउँने नयाँ दिनहरुमा सहकारीको सामथ्र्य अभिबृद्धि हुनेछ । स्थानीय तथा आन्तरिक लगानी, स्थानीय श्रम र शीप, भौतिक पूर्वाधार र स्थानीय व्यवसायिक फर्महरू भनेको सहकारीले सञ्चालन गर्ने आर्थिक गतिविधिको आधारहरू हुन् । यसैको जगमा नै सहकारीले स्थानीय आर्थिक क्रियाकलापहरू सञ्चालन गर्नु पर्दछ र गरिरहेका पनि छन् । यदि यसलाई व्यापक रुपमा विस्तार गरेमा सहकारी अभियान र त्यसले सञ्चालन गरेका स्थानीय आर्थिक क्रियाकलापले मुलुकको अर्थतन्त्रमा सकारात्मक कायापलट ल्याउन सक्छ । यसका लागि सहकारी क्षेत्रले आपैmले धेरै पक्षहरूमा दुरदृष्टि सोच बनाउनु जरूरी छ ।
देशको कुल सहकारीहरुमध्ये केहीले आफ्नो पूँजीलाई परिचालन गरी व्यवसायिक पशुपालन, दुग्ध उत्पादन, कुखुर पालन, च्याउखेति, सागसब्जी, पुष्प व्यवसाय, कृषिमा आधारित रोजगारमुलक, व्यवसायिक र बजारमुखी उत्पादन प्रणालीको विकासमा गतिशील हुन थालेका छन् । यो पक्ष सिर्जनशील र व्यवहारिक भएको हुनाले अहिले पैmलिंदो अवस्थामा छ । यो बाहेक सहकारीहरूले आफ्ना सेयर सदस्यहरूको गर्जो टार्ने काम गरेर स्थानीय बासिन्दाको दुःख टार्ने सहयोगीको भूमिका निभाइ रहेका छन् । यो पाटो भनेको सहकारीको सवल र सकारात्मक हुनुका साथै रहर लाग्दो कदम हो । यस्तो सहकारीको योगदानलाई प्रशंसा गर्नै पर्छ ।
सहकारी अभियानका सामु जति सम्भावना र अवसरहरू विद्यमान रहेको छ त्यति नै गम्भीर चुनौतिहरू पनि रहेका छन् । विशेष गरी सहरबजार केन्द्रीत सहकारीहरू स्वरोजगारीको सिर्जना, व्यवसायिक खेती, उद्योग र बजारमुखी उत्पादन गरी स्थानीय आर्थिक क्रियाकलाप सञ्चालन गर्नुको सट्टा सेयर सदस्यहरूको वचत सङ्कलन गर्ने र उनीहरूको गर्जो टार्ने काममा मात्र सिमित भइरहेका छन् । त्यति हुँदाहुदैं पनि सेयर सदस्यहरूको वचत सङ्कलनबाट सहरबजार केन्द्रीत हजारौं सहकारीहरूमा अहिले करोडौं पूँजी मौजुदा रहेको छ । उक्त पूँजी सहकारीहरूले सेयर सदस्यहरूका परिवारको स्वरोजगारीको सिर्जना, व्यवसाय वा उद्योग, बजारमुखी उत्पादनमा र स्थानीय आर्थिक क्रियाकलाप सञ्चालनमा लगाउँन सक्नु पर्ने थियो । साथै मुलुकको स्थानीय उत्पादनलाई बजारसम्म पहुँच पु¥याउँन भौतिक पूर्वाधार, स्थानीय÷क्षेत्रिय÷राष्ट्रिय स्तरको सहकारी बजार, विचौलिय प्रथाको अन्त्यको पहल, विद्युत गृहनिर्माण, विद्युत प्रशारण लाइन, आदि काममा लगाउँन सक्थ्यो । यसले आयात प्रतिस्थापन र निर्यातमा विस्तार गरी मुलुकको अर्थतन्त्रमा ठुलो योगदान गर्न सकिन्थ्यो । अहिलेको अवस्थामा सरसर्ती अध्ययन गर्दा सहकारीहरूले उनिहरूसँग मौजुदा रहेका पूँजीेलाई ९% प्रतिशतमा खरिद गरी १५% प्रतिशतमा वेच्ने जस्ता एकदम सजिलो काममा मात्र लागि रहेको देखिन्छ । यसो हुनु भनेको सहकारीहरू अत्यन्त उच्च जोखिम अवस्थामा रहेको छ भन्ने बुझिन्छ ।
यस्तो नकारात्मक अवस्थालाई सकारात्मक अवस्थामा रूपान्तर गर्न सहकारीहरूले संवेदनशिल भएर सोच्नै पर्छ । यो अवस्थालाई वदल्न सहकारीहरूले सुनौलौ अवसरको रुपमा ग्रहण गर्ने सक्नु पर्दछ । जुन आपूmसँग भएको मौजुदा पूँजीलाई सिर्जनात्मक ढङ्गले मुलुकको आर्थिक विकासको महान काममा लगाउन सक्छ । सहकारीलाई अहिलेको अवस्थाबाट माथी उठाउन विद्यमान जोखिमलाई चुनौतिमा, चुनौतिलाई सम्भावनामा र सम्भावनालाई अवसरमा वदल्नु पदर्छ । अनिमात्र सहकारी अभियान दिगो र खँदिलो भई सहकारीहरूले हाँकेको नमूना अर्थतन्त्र भएको राष्ट्रको रूपमा नेपाललाई विश्वको सामु परिचित गराउँन सक्षम हुन्छ । सहकारीले गम्भिर भएर सोच्दै अदम्य सहाशकासाथ ग¥हुङ्गो पाइला चालेमा जस्तोसुकै जोखिम र चुनौतिलाई पनि ठेगान लगाउन सक्छ र सक्ने क्षमता विद्यमान रहेको छ । त्यसको लागि सहकारीमा असिमित तागत अहिले पनि अन्र्तनिहित रहेको छ । यसरी हेर्दा सहकारीले समाज वदल्न सक्छ, राष्ट्रिय अर्थतन्त्रमा व्यापाक सुधार गरी मुलुकको विकासमा नयाँ रक्त सञ्चार र सिर्जनाको तरङ्ग पैदा गर्न सक्छ भनेर विश्वास गर्न सकिन्छ । त्यसको लागि सहकारी अभियानका अभियन्तहरूमा सकारात्मक सोच, जोशजाँगर, धैर्यता, सहाश, शङ्कल्पले भरिएको जोश र होशयुक्त पहलकदमीको प्रयास थाल्नु पर्दछ ।
सहकारीको अर्को चुनौति भनेको सेयर सदस्यहरूले व्यवसायिक खेती र उद्योग सञ्चालन गर्दा स्वरोजगार सिर्जना भई स्थानीय उत्पादनले बजार लिंदा सम्भावित चारवटा जोखिमयुक्त चुनैतिहरू रहेका छन् । ती जोखिमयुक्त चुनौतिहरू यसप्रकार रहका छन् ।
१. व्यवसायिक खेती र उद्योग सञ्चालन गर्दा स्थानीय पूँजी र सहकारीको आन्तरिक लगानीको सट्टा बाह्य पूँजीको लगानीमा परनिर्भर हुन सक्ने सम्भावना रहेको हुन्छ । यदि त्यसो भएमा व्यवसाय र उद्योगको मालिक चाहि अरू र आपूmचाहि मजदुरमात्र हुन सक्ने सम्भावना हुन्छ, त्यसको ख्याल गर्नु पर्छ ।
२. सहकारीका सेयर सदस्यहरूले व्यवसायिक खेती र उद्योग सञ्चालन गर्दा स्वरोजगार सिर्जना भइ स्थानीय उत्पादनले बजार लिंने क्रममा त्यसलाई कूशलतापूर्वक व्यवस्थापन गर्नु पर्दछ । यदि त्यसो गर्न सकेन भने मानव संसाधन पलायन भई दक्ष श्रम र शीप सहकारीको नियन्त्रणबाट बाहिरिने जोखिम रहन्छ, त्यसको लागि वेलैमा सजक भैरहनु पर्छ ।
३. भौतिक पूर्वाधारको विकास हुँदा स्थानीय उत्पादनले सजिलै बजारमा पहुँच बनाउँछ । त्यतिवेला स्थानीय सहकारीको सेयर सदस्यहरूको उत्पादनको पहुँचको सट्टा गैर सहकारी प्रतिस्पर्धिहरूको उत्पादनको पहुँच कायम हुन सक्ने सम्भावना प्रवल हुन्छ । केही गरी गैरसहकारी प्रतिस्पर्धिहरूको उत्पादनले बजारको पहुँच कायम गरेमा स्थानीय सहकारीको उत्पादनले बजार गुमाउँछ । त्यतिवेला स्थानीय युवाहरूको रोजगार गुम्ने, उद्योग÷व्यवसाय बन्द भइ उत्पादन अवरूद्ध हुने हुन्छ । जसले गर्दा स्थानीय आर्थिक विकास सिथिल हुन पुग्छ । त्यसको लागि स्थानीय, क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय बजारमा सहकारीले घुमाईघुमाई आफ्नो दृष्टिको दूर्विनबाट हेरिरहनु पर्छ ।
४. सहकारीले स्थानीय व्यवसाीयक फर्महरूबाट उत्पादित सेवा र वस्तुको गुणस्तर र बजारमा उपभोक्ताले सजिलै प्राप्त गर्न सहज उपलब्धताको लागि मात्रामा ध्यान दिन जरूरी छ । त्यसले गर्दा बजारको पहुँचमा निरन्तरता कायम हुन्छ । यसो गर्न सकेन भने गैरप्रतिस्पर्धि फर्मलाई सहयोग पुग्छ र सहकारी अन्र्तगत रहेका स्थानीय व्यवसायक फर्महरू डामाडोल हुन पुग्छ । यस्को लागि सहकारी सचेत, बुद्धिमानी र मेधावी भने हुनै पर्छ ।
माथी उल्लेख गरेका चारवटा जोखिमहरूबाट बच्न सहकारी सँधै चनाखो र होशियार रहनु पर्दछ । स्थानीय व्यवसाय, युवा स्वरोजगार र आर्थिक विकासलाई समयमै ठीक ढङ्गले व्यवस्थापन गरेमा भोली आउँने जोखिमपूर्ण चुनौतिहरूको सामना गर्न सहकारी सक्षम हुन्छ । यो सहकारी अभियानको महयज्ञलाई सफल पार्न नेपालको सहकारीहरूले तल दिएका बुँदाहरूलाई आत्मसात गर्न सक्नु पर्दछ । जुन यसप्रकार रहेका छन् ः
१. सहकारीका अभियन्ताहरूले जोशजाँगर उत्पन्न बढ्ने, भविष्यको लागि व्यवहारिक परिकल्पना तर्जुमा गर्ने, त्यसको सफल कार्यान्वय गर्ने योजना खाका कोर्न सक्ने र हाँक्न सक्छ भन्ने आत्मविश्वास पैदा गर्ने खालका सकारात्मक शब्द, भाषा र वाक्यहरूको प्रयोग गर्नु पर्दछ । किन कि सहकारीका मनोगत तथा वस्तुगत सामाजिक यथार्थ भनेको सकारात्मक भाषा र संवादले नै सिर्जना गरेको हुन्छ ।
२. सहकारी अभियानका अभियन्ताहरूको चिन्तन खोजमुलक हुनु पर्दछ । चिन्तन खोजमुलक हुनसाथ त्यो सकारात्मक परिवर्तनको प्रेरक बन्दछ । जव सहकारीले उसको आफ्नै वर्तमान अवस्थाका बारेमा प्रशंसनीय प्रश्न गर्न थाल्छ, तव उसमा सकारात्मक परिवर्तन पनि सँगै शुरूहुन थाल्दछ ।
३. सहकारी सङ्ठन र उसको सेयर सदस्यहरू भनेको खुला पुस्तक हुनुका साथै अन्तहीन अध्ययन र सिकाईको स्रोत पनि हुन् । किनभने सहकारीले जे अध्ययन गर्न चाहन्छं, त्यसै अनुरूपको विषयवस्तुको छनौट गरेका हुन्छ । आफ्नो वर्तमान अध्ययनको लागि सहकारीले रोजेको विषयबस्तुले उसलाई धेरै नै फरक पार्न सक्छ । त्यसको अर्थ हामीले सहकारीलाई जसरी बुझ्छ त्यहीअनुसार ब्याख्या र शृजना गर्न सक्षम हुन्छ ।
४. सहकारीले परिकल्पना गरेको भविष्यअनुरूप नै उसले आफ्नो व्यवस्था सिर्जना गर्दछ । हामीले गरेको भविष्यको कपरिकल्पना जति सकारात्मक र आशावादी हुन्छ हाम्रो वर्तमान कृयाकलाप पनि त्यति नै सकारात्मक हुन्छ । यसलाई अर्को शब्दमा भन्नु पर्दा परिकल्पना नै वर्तमान जीवनलाई गतिशील बनाउँने प्रेरक तत्व हुन् ।
५. सकारात्मक प्रश्नले नै सकारात्मक परिवर्तन ल्याउदछ । सकारात्मक प्रश्न गर्नु भनेको सहकारीको जीवन धान्ने ऊर्जालाई खोज्न, हेर्नु, देख्नु र पैmलाउनु हो ।
६. स्वस्थ र निरोगी आमाले मात्रै स्वस्थ शिशुको जन्म दिन सक्छ । स्वस्थ र पुष्टा अन्नको बिउ जमिनमा छरेमामात्र स्वस्थ विरूवा उम्रिन्छ । ठीक त्यसरी नै सहकारीको विचार र क्रियाकलापहरु स्वस्थ भएमा त्यसले ल्याउने परिणाम र नतिजा स्वस्था र सकारात्मक हुन्छ ।
सहकारीको सरोकारवालाहरू एक ठाउँमा भेला हुनु भनेको ताजा, स्वच्छ र स्वस्थ सिर्जनाको व्याड राख्ने सरह हो । यसले हामी सबैलाई अभिप्रेरित गर्दछ । जय सहकारी !
लेखक
प्रशंसनीय दृष्टिकोण अभ्यासकर्ता
इमेल ः buddhi.tamang@gmail.com, akkal@wlink.com.np
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार