सहकारी एक अवसर र चूनौती
बुद्धि तामाङ । सहकारी भनेको सकारात्मक सोच, विचारधारा र दार्शनिक चिन्तन गर्ने एउटा स्कूल हो । समाजलाई सकारात्मक रूपान्तरण गर्ने सिद्धान्त, पद्धति÷शैली र विधि हुन् । मुलुकलाई शान्तिपूर्ण रूपान्तरण गर्ने हजारौं, लाखौं सहकारी अभियन्तहरू जन्माउँने थलो हो । मुलुकको अर्थतन्त्रलाई पुननिर्माण र उद्धार गरी त्यसलाई सन्तुलित रुपमा हाँक्ने र व्यवस्थान गर्ने संयन्त्र हो । मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउनको लागि नयँनयाँ विचार, सिद्धान्त र विधि सिर्जना गर्नै आविस्कारक र त्यसलाई सञ्चालन गर्ने सर्जक पनि हुन् । सहकारीको गिदी भनेको शान्ति र सिर्जनाको बारेमा सोच्ने गतिवान मश्तिष्क हो । सहकारीको बोली भनेको आर्थिक विकासको जग वलियो बनाउँन आवाज बुलान्द गर्ने गर्जन हो । सहाकारीका पौरखी हातहरू भनेको अर्थिक विकास प्रक्रियाको संयन्त्र सञ्चालन गर्ने औजारहरू चलाउने कौशलता हुन् । सहाकारीमा सङ्गठीत कर्मबीरहरूले बोक्ने कलम भनेको मुलुकको आर्थिक विकासको हिसाबकिताब राख्ने अभेद्य औजार हो । सहकारीको शरिर भनेको राष्ट्रिय अर्थतन्त्रलाई सही ढङ्गले हाँक्ने वेगवान राष्ट्रिय गति हुन् । यही सकारात्मक सोच र दार्शनिक चिन्तनको आधारमा नेपालमा लगभग २८(हजारको हाराहारीमा सहकारीहरु स्थापना भएका छन् । ती मध्ये धेरैजसो सहकारीहरू सहर बजारमा केन्द्रीत रहेका छन् । केही सहकारीहरू सुदूर ग्रामीण इलाकाको अनौपचारिक क्षेत्रमा सक्रिया हुन थालेका छन् । र, यो क्रम बढ्दो छ । सहकारीहरूको मूख्य आधार भनेको उसको स्थानीयस्तरमा रहेका व्यक्तिहरु हुन् । तीनै सेयर सदस्यहरूले जम्मा गरेको स(साना वचतले नै सहकारीहरूको जीवन धानीरहेका छन् । हाल सहकारीहरूमा अर्वौ रूपियाँ जम्मा भएको छ । यत्रो ठुलो पूँजी निर्माण गर्न सक्नु भनेको सहकारीको ठुलो सफलता र उपलब्धि हो । यसको अर्थ, सहकारीको अस्तित्वको जरा कुनै स्वदेशी तथा वैदेशिक दातामा निर्भर नभइ स्थानीय स्तरमा छरिएर रहेका उसको सेयर सदस्यहरू नै हुन् । हाल सहकारीहरु पैmलिंदै जानुमा यी नै शेयर सदस्यहरू र उनिहरुले वचत गरेका स(साना वचत नै हुन् भन्ने कुरामा दुइमत हुन सक्दैन ।
सहकारीले दुर्गम भौगोलिक क्षेत्रका विशाल ग्रामीण इलाकाहरू देखि सहरीक्षेत्रका युवाहरूलाई कृषि र गैरकृषि क्षेत्रमा सङ्गठित गरी थोरैलाई भएपनि स्वरोजगारको सिर्जना गर्दै व्यवसायिक उत्पादन र बजार व्यवस्थापनका लागि काम गरिरहेको छ । कृषि र गैरकृषि भन्नाले कृषि÷वन÷पशुको व्यवसायिक खेती र लघु÷घरेलु÷साना÷मझौला उद्योग सञ्चालनको क्षेत्र नै हुन् । स्वरोजगार हुने परम्परागत व्यवसाय र बजारमुखी उत्पादनलाई हाम्रो मौलिक ज्ञान, स्थानीय कच्चा पदार्थ र स्थानीय साना पूँजीमा आधारित भई सहकारीले अगाडि बढाई रहेका छन् । यसलाई अहिलेको बजारमा बिक्री गर्न लायकको सेवा र वस्तु उत्पादनको लागि आधुनिक ज्ञान र बाह्य कच्चा पदार्थको सम्मिश्रण गर्दै प्रतिस्पर्धात्मक लाभ र तुलनात्मक फाइदा लिन सक्ने बनाई रहेका छन् ।
प्रशंसनीय दृष्टिकोणबाट सोच्दा भविष्यमा अगाडि बढ्नको लागि सहकारीहरू सम्भावना र अवसरहरूले भरिपूर्ण रहेको छन् । ती सम्भावना र अवसरहरू हाम्रा सामु प्रत्यक्ष रूपमा देखा परिरहेका छन् । एउटा उदाहरणको लागि सहकारीका सदस्यहरू आपैmले कुनैपनि कृषि तथा गैरकृषिमा आधारित बजारमुखी व्यवसाय वा उद्योग सञ्चालन गर्दा निजीक्षेत्रको कलकारखानामा जस्तो मालिक र मजदुर भन्ने हुँदैन । अहिलेको नेपालमा जहाँ १० जनाभन्दा धेरै मजदुर हुन्छ, त्यहाँ राजनीतिक दलको भातृसङ्गठन खोल्छ । त्यसपछि विभिन्न माग राखी हड्ताल, जुलुस र बन्दको मार खेप्नु पर्ने हुन्छ । सहकारीका सेयर सदस्यहरू आपैmले सञ्चालन गरेका व्यवसाय वा उद्योगको मालिक र उत्पादनकर्ता आपैm भएको हुनाले आफ्नै विरूद्ध विभिन्न माग राखी राजनीतिक हठडताल, जुलुस, घेराउ र बन्दको कार्यक्रम गर्न सक्दैनन् । जसले गर्दा स्वभाविक रूपमा उद्योग÷व्यवसाय सञ्चालन हुन्छ र उत्पादनले निरन्तरता पाउँछ । सहकारीले सञ्चालन गरिरहेको आर्थिक क्रियाकलापलाई विस्तार गर्न सहकारीहरूले दुरदर्शी भई थप प्रयास गर्नु पर्छ नै । यतिमात्रैले पुग्दैन, वर्तामान पूँजी, साधनस्रोत, ज्ञान, दक्ष श्रम र सीप, उदाहरण बनेका नमुनाहरू, सफलता र उपलब्धिहरूलाई गुणात्मक र मात्रात्मक रूपमा विस्तार गर्नको लागि सहकारीको लागि सुनौलो अवसरहरूको रुपमा लिन सक्नु पर्दछ । त्यसलाई वेलैमा चिनेर मौकाको फाइदा उठाउँन सकेमा भोली आउँने नयाँ दिनहरुमा सहकारीको सामथ्र्य अभिबृद्धि हुनेछ । स्थानीय तथा आन्तरिक लगानी, स्थानीय श्रम र शीप, भौतिक पूर्वाधार र स्थानीय व्यवसायिक फर्महरू भनेको सहकारीले सञ्चालन गर्ने आर्थिक गतिविधिको आधारहरू हुन् । यसैको जगमा नै सहकारीले स्थानीय आर्थिक क्रियाकलापहरू सञ्चालन गर्नु पर्दछ र गरिरहेका पनि छन् । यदि यसलाई व्यापक रुपमा विस्तार गरेमा सहकारी अभियान र त्यसले सञ्चालन गरेका स्थानीय आर्थिक क्रियाकलापले मुलुकको अर्थतन्त्रमा सकारात्मक कायापलट ल्याउन सक्छ । यसका लागि सहकारी क्षेत्रले आपैmले धेरै पक्षहरूमा दुरदृष्टि सोच बनाउनु जरूरी छ ।
देशको कुल सहकारीहरुमध्ये केहीले आफ्नो पूँजीलाई परिचालन गरी व्यवसायिक पशुपालन, दुग्ध उत्पादन, कुखुर पालन, च्याउखेति, सागसब्जी, पुष्प व्यवसाय, कृषिमा आधारित रोजगारमुलक, व्यवसायिक र बजारमुखी उत्पादन प्रणालीको विकासमा गतिशील हुन थालेका छन् । यो पक्ष सिर्जनशील र व्यवहारिक भएको हुनाले अहिले पैmलिंदो अवस्थामा छ । यो बाहेक सहकारीहरूले आफ्ना सेयर सदस्यहरूको गर्जो टार्ने काम गरेर स्थानीय बासिन्दाको दुःख टार्ने सहयोगीको भूमिका निभाइ रहेका छन् । यो पाटो भनेको सहकारीको सवल र सकारात्मक हुनुका साथै रहर लाग्दो कदम हो । यस्तो सहकारीको योगदानलाई प्रशंसा गर्नै पर्छ ।
सहकारी अभियानका सामु जति सम्भावना र अवसरहरू विद्यमान रहेको छ त्यति नै गम्भीर चुनौतिहरू पनि रहेका छन् । विशेष गरी सहरबजार केन्द्रीत सहकारीहरू स्वरोजगारीको सिर्जना, व्यवसायिक खेती, उद्योग र बजारमुखी उत्पादन गरी स्थानीय आर्थिक क्रियाकलाप सञ्चालन गर्नुको सट्टा सेयर सदस्यहरूको वचत सङ्कलन गर्ने र उनीहरूको गर्जो टार्ने काममा मात्र सिमित भइरहेका छन् । त्यति हुँदाहुदैं पनि सेयर सदस्यहरूको वचत सङ्कलनबाट सहरबजार केन्द्रीत हजारौं सहकारीहरूमा अहिले करोडौं पूँजी मौजुदा रहेको छ । उक्त पूँजी सहकारीहरूले सेयर सदस्यहरूका परिवारको स्वरोजगारीको सिर्जना, व्यवसाय वा उद्योग, बजारमुखी उत्पादनमा र स्थानीय आर्थिक क्रियाकलाप सञ्चालनमा लगाउँन सक्नु पर्ने थियो । साथै मुलुकको स्थानीय उत्पादनलाई बजारसम्म पहुँच पु¥याउँन भौतिक पूर्वाधार, स्थानीय÷क्षेत्रिय÷राष्ट्रिय स्तरको सहकारी बजार, विचौलिय प्रथाको अन्त्यको पहल, विद्युत गृहनिर्माण, विद्युत प्रशारण लाइन, आदि काममा लगाउँन सक्थ्यो । यसले आयात प्रतिस्थापन र निर्यातमा विस्तार गरी मुलुकको अर्थतन्त्रमा ठुलो योगदान गर्न सकिन्थ्यो । अहिलेको अवस्थामा सरसर्ती अध्ययन गर्दा सहकारीहरूले उनिहरूसँग मौजुदा रहेका पूँजीेलाई ९% प्रतिशतमा खरिद गरी १५% प्रतिशतमा वेच्ने जस्ता एकदम सजिलो काममा मात्र लागि रहेको देखिन्छ । यसो हुनु भनेको सहकारीहरू अत्यन्त उच्च जोखिम अवस्थामा रहेको छ भन्ने बुझिन्छ ।
यस्तो नकारात्मक अवस्थालाई सकारात्मक अवस्थामा रूपान्तर गर्न सहकारीहरूले संवेदनशिल भएर सोच्नै पर्छ । यो अवस्थालाई वदल्न सहकारीहरूले सुनौलौ अवसरको रुपमा ग्रहण गर्ने सक्नु पर्दछ । जुन आपूmसँग भएको मौजुदा पूँजीलाई सिर्जनात्मक ढङ्गले मुलुकको आर्थिक विकासको महान काममा लगाउन सक्छ । सहकारीलाई अहिलेको अवस्थाबाट माथी उठाउन विद्यमान जोखिमलाई चुनौतिमा, चुनौतिलाई सम्भावनामा र सम्भावनालाई अवसरमा वदल्नु पदर्छ । अनिमात्र सहकारी अभियान दिगो र खँदिलो भई सहकारीहरूले हाँकेको नमूना अर्थतन्त्र भएको राष्ट्रको रूपमा नेपाललाई विश्वको सामु परिचित गराउँन सक्षम हुन्छ । सहकारीले गम्भिर भएर सोच्दै अदम्य सहाशकासाथ ग¥हुङ्गो पाइला चालेमा जस्तोसुकै जोखिम र चुनौतिलाई पनि ठेगान लगाउन सक्छ र सक्ने क्षमता विद्यमान रहेको छ । त्यसको लागि सहकारीमा असिमित तागत अहिले पनि अन्र्तनिहित रहेको छ । यसरी हेर्दा सहकारीले समाज वदल्न सक्छ, राष्ट्रिय अर्थतन्त्रमा व्यापाक सुधार गरी मुलुकको विकासमा नयाँ रक्त सञ्चार र सिर्जनाको तरङ्ग पैदा गर्न सक्छ भनेर विश्वास गर्न सकिन्छ । त्यसको लागि सहकारी अभियानका अभियन्तहरूमा सकारात्मक सोच, जोशजाँगर, धैर्यता, सहाश, शङ्कल्पले भरिएको जोश र होशयुक्त पहलकदमीको प्रयास थाल्नु पर्दछ ।
सहकारीको अर्को चुनौति भनेको सेयर सदस्यहरूले व्यवसायिक खेती र उद्योग सञ्चालन गर्दा स्वरोजगार सिर्जना भई स्थानीय उत्पादनले बजार लिंदा सम्भावित चारवटा जोखिमयुक्त चुनैतिहरू रहेका छन् । ती जोखिमयुक्त चुनौतिहरू यसप्रकार रहका छन् ।
१. व्यवसायिक खेती र उद्योग सञ्चालन गर्दा स्थानीय पूँजी र सहकारीको आन्तरिक लगानीको सट्टा बाह्य पूँजीको लगानीमा परनिर्भर हुन सक्ने सम्भावना रहेको हुन्छ । यदि त्यसो भएमा व्यवसाय र उद्योगको मालिक चाहि अरू र आपूmचाहि मजदुरमात्र हुन सक्ने सम्भावना हुन्छ, त्यसको ख्याल गर्नु पर्छ ।
२. सहकारीका सेयर सदस्यहरूले व्यवसायिक खेती र उद्योग सञ्चालन गर्दा स्वरोजगार सिर्जना भइ स्थानीय उत्पादनले बजार लिंने क्रममा त्यसलाई कूशलतापूर्वक व्यवस्थापन गर्नु पर्दछ । यदि त्यसो गर्न सकेन भने मानव संसाधन पलायन भई दक्ष श्रम र शीप सहकारीको नियन्त्रणबाट बाहिरिने जोखिम रहन्छ, त्यसको लागि वेलैमा सजक भैरहनु पर्छ ।
३. भौतिक पूर्वाधारको विकास हुँदा स्थानीय उत्पादनले सजिलै बजारमा पहुँच बनाउँछ । त्यतिवेला स्थानीय सहकारीको सेयर सदस्यहरूको उत्पादनको पहुँचको सट्टा गैर सहकारी प्रतिस्पर्धिहरूको उत्पादनको पहुँच कायम हुन सक्ने सम्भावना प्रवल हुन्छ । केही गरी गैरसहकारी प्रतिस्पर्धिहरूको उत्पादनले बजारको पहुँच कायम गरेमा स्थानीय सहकारीको उत्पादनले बजार गुमाउँछ । त्यतिवेला स्थानीय युवाहरूको रोजगार गुम्ने, उद्योग÷व्यवसाय बन्द भइ उत्पादन अवरूद्ध हुने हुन्छ । जसले गर्दा स्थानीय आर्थिक विकास सिथिल हुन पुग्छ । त्यसको लागि स्थानीय, क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय बजारमा सहकारीले घुमाईघुमाई आफ्नो दृष्टिको दूर्विनबाट हेरिरहनु पर्छ ।
४. सहकारीले स्थानीय व्यवसाीयक फर्महरूबाट उत्पादित सेवा र वस्तुको गुणस्तर र बजारमा उपभोक्ताले सजिलै प्राप्त गर्न सहज उपलब्धताको लागि मात्रामा ध्यान दिन जरूरी छ । त्यसले गर्दा बजारको पहुँचमा निरन्तरता कायम हुन्छ । यसो गर्न सकेन भने गैरप्रतिस्पर्धि फर्मलाई सहयोग पुग्छ र सहकारी अन्र्तगत रहेका स्थानीय व्यवसायक फर्महरू डामाडोल हुन पुग्छ । यस्को लागि सहकारी सचेत, बुद्धिमानी र मेधावी भने हुनै पर्छ ।
माथी उल्लेख गरेका चारवटा जोखिमहरूबाट बच्न सहकारी सँधै चनाखो र होशियार रहनु पर्दछ । स्थानीय व्यवसाय, युवा स्वरोजगार र आर्थिक विकासलाई समयमै ठीक ढङ्गले व्यवस्थापन गरेमा भोली आउँने जोखिमपूर्ण चुनौतिहरूको सामना गर्न सहकारी सक्षम हुन्छ । यो सहकारी अभियानको महयज्ञलाई सफल पार्न नेपालको सहकारीहरूले तल दिएका बुँदाहरूलाई आत्मसात गर्न सक्नु पर्दछ । जुन यसप्रकार रहेका छन् ः
१. सहकारीका अभियन्ताहरूले जोशजाँगर उत्पन्न बढ्ने, भविष्यको लागि व्यवहारिक परिकल्पना तर्जुमा गर्ने, त्यसको सफल कार्यान्वय गर्ने योजना खाका कोर्न सक्ने र हाँक्न सक्छ भन्ने आत्मविश्वास पैदा गर्ने खालका सकारात्मक शब्द, भाषा र वाक्यहरूको प्रयोग गर्नु पर्दछ । किन कि सहकारीका मनोगत तथा वस्तुगत सामाजिक यथार्थ भनेको सकारात्मक भाषा र संवादले नै सिर्जना गरेको हुन्छ ।
२. सहकारी अभियानका अभियन्ताहरूको चिन्तन खोजमुलक हुनु पर्दछ । चिन्तन खोजमुलक हुनसाथ त्यो सकारात्मक परिवर्तनको प्रेरक बन्दछ । जव सहकारीले उसको आफ्नै वर्तमान अवस्थाका बारेमा प्रशंसनीय प्रश्न गर्न थाल्छ, तव उसमा सकारात्मक परिवर्तन पनि सँगै शुरूहुन थाल्दछ ।
३. सहकारी सङ्ठन र उसको सेयर सदस्यहरू भनेको खुला पुस्तक हुनुका साथै अन्तहीन अध्ययन र सिकाईको स्रोत पनि हुन् । किनभने सहकारीले जे अध्ययन गर्न चाहन्छं, त्यसै अनुरूपको विषयवस्तुको छनौट गरेका हुन्छ । आफ्नो वर्तमान अध्ययनको लागि सहकारीले रोजेको विषयबस्तुले उसलाई धेरै नै फरक पार्न सक्छ । त्यसको अर्थ हामीले सहकारीलाई जसरी बुझ्छ त्यहीअनुसार ब्याख्या र शृजना गर्न सक्षम हुन्छ ।
४. सहकारीले परिकल्पना गरेको भविष्यअनुरूप नै उसले आफ्नो व्यवस्था सिर्जना गर्दछ । हामीले गरेको भविष्यको कपरिकल्पना जति सकारात्मक र आशावादी हुन्छ हाम्रो वर्तमान कृयाकलाप पनि त्यति नै सकारात्मक हुन्छ । यसलाई अर्को शब्दमा भन्नु पर्दा परिकल्पना नै वर्तमान जीवनलाई गतिशील बनाउँने प्रेरक तत्व हुन् ।
५. सकारात्मक प्रश्नले नै सकारात्मक परिवर्तन ल्याउदछ । सकारात्मक प्रश्न गर्नु भनेको सहकारीको जीवन धान्ने ऊर्जालाई खोज्न, हेर्नु, देख्नु र पैmलाउनु हो ।
६. स्वस्थ र निरोगी आमाले मात्रै स्वस्थ शिशुको जन्म दिन सक्छ । स्वस्थ र पुष्टा अन्नको बिउ जमिनमा छरेमामात्र स्वस्थ विरूवा उम्रिन्छ । ठीक त्यसरी नै सहकारीको विचार र क्रियाकलापहरु स्वस्थ भएमा त्यसले ल्याउने परिणाम र नतिजा स्वस्था र सकारात्मक हुन्छ ।
सहकारीको सरोकारवालाहरू एक ठाउँमा भेला हुनु भनेको ताजा, स्वच्छ र स्वस्थ सिर्जनाको व्याड राख्ने सरह हो । यसले हामी सबैलाई अभिप्रेरित गर्दछ । जय सहकारी !
लेखक
प्रशंसनीय दृष्टिकोण अभ्यासकर्ता
इमेल ः buddhi.tamang@gmail.com, akkal@wlink.com.np
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार