ब्याजको प्रचार गर्ने सहकारी निगरानीमा
काठमाडौं । आकर्षक ब्याज दिने भनेर होर्डिङ बोर्डमा प्रचार गर्ने सहकारी संस्थाहरुलाई कडा निगरानीमा राख्न सुरु गरेको छ । धेरै ब्याज दिने लोभ देखाएर सर्वसाधारण ठग्न थालेको गुनासो बढे पछि त्यसलाई नियन्त्रण गर्न सुरु गरेको डिभिजन सहकारी कार्यलय काठमाडौले जनाएको छ ।
सहकारीलाई ब्याजको प्रचार गर्न बन्देज छ, डिभिजन सहकारी कार्यलय काठमाडौका बरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले भन्नुभयो–तर पनि होडिङ बोर्ड राखेर प्रचार गर्ने गरेको पाइएको छ । अहिले कार्यलयले कर्मचारी नै खटाएर त्यसको अनुगमन गरेको उहाँले जानकारी दिनुभयो । केही सहकारीले ठूला ठूला बोर्ड राखेर ब्याजको प्रचार गरिएको तथ्य समेत फेला परेको बरिष्ठ अधिकृत निरौलाले बताउनुभयो ।
सहकारीले गैह्र सदस्य कारोबार बढाउन होडिङ बोर्डलाई प्रयोग गर्न थालेको नियामक निकायको भनाई छ । यती ब्याज दिने भन्ने प्रचार गर्न सहकारीलाई आवश्यक छैन, बरिष्ठ सहकारी अधिकृत निरौला भन्नुहुन्छ – सदस्य भित्र नै कारोबार बढी हुने हुदाँ प्रचार गर्नु ठगी नै हो । अहिले कान्तिपुर सहकारी संस्था र गुड फर पेमेन्ट काण्डमा फसेको नेपाल सहकारी वित्तिय संस्थाले बोर्ड राखेर प्रचार गर्दै आएको भेटिएको डिभिजन सहकारी कार्यलय काठमाडौले जनाएको छ ।
कान्तिपुरले काठमाडौ मलमा र नेपाल वित्तियले आफुने भवनमा बोर्ड राखेर ब्याजदरको प्रचार गरेको भेटिएको छ । ती संस्थालाई तत्काल बोर्ड हटाउन पत्रचार गरेको बरिष्ठ सहकारी अधिकृत निरौलाले जानकारी दिनुभयो । दुबै संस्थाले अहिले कुनै प्रतिकृया दिएका छैनन, निरौलाले भन्नुभयो – समय सिमा भित्र नहटाए कारबाही गछौ । अनुगमनमा खटिएका कर्मचारीहरुलाई बोर्ड राखेको नराखेको बिषयमा अध्ययन गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार