१५ वैशाख २०८२, सोमबार

सहकारीमा जग राख्ने काम गरिसके,अब राजनीतिमा फकिर्दै छु

२०७० पुष १, सोमबार
सहकारीमा जग राख्ने काम गरिसके,अब राजनीतिमा फकिर्दै छु

दिपक प्रकाश बाँस्कोटा
पूर्व अध्यक्ष राष्ट्रिय सहकारी संघ

नेपालको सहकारी आन्दोलनका अभियान्ता हुन् दिपक प्रकाश बाँस्कोटा । सहकारीको विकास र प्रवद्र्धनमा उनले पुर्‍याएको योगदानको चर्चा परिचर्चा कमी छैन सहकारी अभियानमा । लामो समयदेखि सहकारी प्रवद्र्धनमा लागेका उनी हाल सम्म पनि उत्तिकै कटिवद्ध भएर लागिरहेका छन् । २०४८ सालबाट सहकारीमा प्रवेश गरेका उनी हाल सम लागिरहेका छन् ।

नेपाल सरकारको नियुक्तमा राष्ट्रिय सहकारी विकास बोर्डको संस्थापक अध्यक्षबाट शुरुगरेको सहकारी यात्रा विभिन्न संघ÷संस्थाको नेतृत्व लिसकेका छन् । अध्यक्षमा नियुक्त भए पश्चात उनलाई सहकारी ऐन निमार्ण गर्न जिम्मेवारी दिईयो र उनको मिहेनत र सर्घसबाट उनी सफल भए । बोर्डको अध्यक्ष भए पश्चात १५ वर्ष सम्म निवार्चन नभएका साझा संस्थालाई निर्वाचन गराई साझा सहकारीमा रुपान्तरण गराउन सफल भएका छन् ।

सहकारी ऐन लागू भएपछि टेकेर साझा सहकारीमा रुपान्तरण गरेको उनको भनाई छ । त्यस्तै साझा सहकारीको पनि संस्थापक अध्यक्षका रुपमा काम गर्ने अवसर पाए । साझा भण्डार, साझा प्रकाशन र साझा स्वास्थ्यको पनि उनी संस्थापक अध्यक्ष भए । त्यस्तै साझा सहकारीहरुलाई एकिकृत गरी उनकै पहलमा राष्ट्रिय सहकारी संघ नेपाल गठन गरे । राष्ट्रिय संघमा पनि संस्थापक अध्यक्ष भएर काम गरे र सहकारी संघ÷संस्थाको प्रवद्र्धन र विकासमा लागी परे । संस्थापक अध्यक्ष भएर जुनसुकै काम गर्न पनि कठिन हुन्छ– उनले भने । ‘संस्थापकको काम कुनै घर बनाउन जग खन्न र जग राख्न जति गाह्रो त्यस्तै गाह्रो हुन्छ ।’ थप अनुभव भन्छन्– ‘धेरै कठिनाई काम सहकारीमा मैले गरीसके, घरको माथी कोठा थप्ने, इटा थप्ने काम साथीहरुले गर्नु भएको छ र गरी रहेका छन् । उनी भन्छन्– म पछीका नेतृत्वले धेरै सम्मान गरेका छन् । सहकार्य, सल्लाह भईरहेको छ ।

बास्कोटा भन्छन्– ‘मैले सहकारीमा कर्म गरेको हुँ । कसैलाई पनि थाहा थिएन । मैले एउटा राष्ट्रिय मर्यादा पाप्त गरेको छु जस्तो लाग्छ । सबै तिर कार्यक्रममा बोलाउँछन । प्रमुख अतिथि बनाउँछन् । जुनसुकै पार्टी, विचार धारा भएपनि त्यसले सहकारी प्रति एउटा सम्मान गर्दछ । सहकारीको अभियान्तका कारणले सम्मान प्राप्त गरेको छु जस्तो लाग्छ । आज मलाई अनुभुति भएको छ की, म ठीक बाटोमा लागेको रहेछु । त्यो समयमा ठिक, बेठिक भन्ने मलाई थाहा थिएन । अन्य साथीहरुले तैले ठिक बाटो हिडेको छैनस्, भन्दै थिए । आज तिनै साथीहरु ठिक बाटो रोजेको रहेछ, भन्ने अभिव्यक्ति आएको छ । सहकारीबाट म एकदमै सन्तुष्टि छु ।’ सहकारीका आफ्नै मुल्य मान्यता छन् । आफ्नै सात सिद्धान्तमा आधारित क्रियाकलाप गर्नु पर्छ यसका आधारमा गठन र संचालन गर्नुपछ भन्ने मैले बुझेको छु उनी भन्छन्– ‘सहकारीका सिद्धान्त आदर्शलाई, मर्यादालाई पालना नगरीकन गठन र संचालन गरेको सहकारीमा मेरो विश्वास छैन ।’

सहकारीमा प्रवेश गर्नु भन्दा लामो समय राजनीतिक यात्रामा हिडेका बास्कोटा राजनीति क्षेत्रमा पनि कहलीएका व्यक्ति हुन् । २०२२ सालमा राजनीतिक यात्रा शुरु गरेका बास्कोटा २४ सालमा गाँउ पञ्चायतको सदस्य भए । इलाम कलेज पढ्दै गर्दा २०२६ सालमा प्रवासमा विपि कोइरालालाई भेट गरे त्यसपछि नेपाली काङ्गे्रसको सदस्य भए । पार्टीमा भूमिगत कार्यकर्ता भएर काम गरे । त्यसपछि २०४६ सालको जनआन्दोलनमा जेल परे र जेलबाट निस्किए । देशमा बहुदल आएपछि विभिन्न जिम्मेवारी नेपाल सरकारबाट पाए । चुनाव लडे तर हारे । सरकारी पहिलो जिम्मेवारी स्वरुप सहकारी विकास बोर्डको अध्यक्ष भए । त्यसपछि राजनीति भन्दा पनि सहकारी क्षेत्रमा लागे । २० औं वर्ष सहकारीको यात्रा गरे । त्यपछि चुनावमा लहे, जीते पनि त्यपछि गृह राज्य मन्त्री बन्न सफल भए । अहिले पनि पाँचथर जिल्लाबाट निरन्तर पार्टीको महासमिति महादिवेशनमा मा प्रतिनिधित्व गर्दै आएका छन् । हाल पार्टीमा भन्दा पनि समय सहकारीमा दिए र सहकारीका विभिन्न सुधारका काम गरे । ‘सहकारीमा निमार्णगर्ने, जग राख्ने काम गरिसके, अब राजनीतिमा फकिर्दै छु, राजनीतिनै यस्तो अन्तिम हतियार रहेछ, त्यसको अभावमा राज्य विकास हुनै सक्दैन । त्यसकारण जति सुकै रिसाएपनि, गाली गरेपनि अन्तिममा राजनीति नै हो जसले देशलाई सुधारर्न सक्छ । देशको गति हेर्दा म राजनीतिमा फर्कन्छु । त्यसलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने मेरो आफ्नो अनुभवका आधारमा फेरी क्रियाशिल हुँदै छु । आगामी चुनावमा कसरी जाने भनेर हेर्दै छु । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग त अवश्यनै हुनेछ । कसरी हुने भन्ने कुरामा क्याल्कुलेशन गर्दै छु ।’

बास्कोटाका अनुसार सहकारी प्रजातन्त्र र समाजबाटको प्राइमरी स्कुल हो । यसमा विभिन्न कार्यक्रम छ । तल्लो बर्गका मानिसलाई कसरी माथी उठाउने, हुने नहुने वर्गको खाडल कसरी समृद्ध बनाउने, कसरी शोषररहित समाज निमार्ण गर्ने, भेदभावरहीत बनाउने भन्ने यावत कुराहरु सहकारी क्षेत्रमा पाइन्छ । यि आफैमा प्रजातान्त्रिक पद्धती हो । सहकारी गुणै गुणले सम्पन्न छ– उनले भने ।

अभिलेख

लोकप्रिय