‘नाँच धतुरसि नाँच’
खिलानाथ दाहाल
सानो छँदा हाम्रो गाउँमा भालु नचाउन जाने चटकी दाई यसै भन्दै भालु नचाउथे, हामी केटाकेटी ताली बजाई, बजाई भालुको नाच हेथ्र्यौ । नाच्नत के जान्दथ्यो र भालु उफ्रिन्थो नी । जुनसुकै तालको सगित बजाए पनि भालु एउटै तालमा उफ्रन्थ्यो किनकी उसले जानेकै त्यत्ति थियो । उसले नगलुन्जेल, चटकी दाइले लठ्ठी देखाउन्जेल उफ्रनु पथ्र्यो र उफ्रन्थ्यो । गलामा फलाको सिक्री बाधिएको थियो, मुखका तिखा दारा निकालिएको थियो, खुट्टाका लामा नङ काटिएका थिय । उसलाइ प्रकृतिले दिएका आत्मरक्षाका सबै हतियार चटकी दाइले लुटेर बन्धनमा पारेका थिए । चटकी दाइको चटकी, व्यवसाय थियोरत हामीहरुका लागि ती सबै दृश्य रमाइला लाग्थ्यो ।
हामी बढो उत्साहका साथ हेथ्र्यौ । चटकी दाई भन्थे नाँच भालु नाँच “नाँच धतुरसि नाँच” विचरा विवश भालु सुर न ताल उफ्रन्थ्यो चटकीले डमरु बजाएनी उफ्रन्थ्यो, बाँसुरी बजाए नि उफ्रन्थ्यो लौरो बजारेनी उफ्रन्थ्यो, साझ नपरेसम्म उफ्रन्थ्यो । हो, अहिले नेपालको सहकारी अभियान हेर्दा त्यो बेलाको भालु नाच याद आउछ । त्यो बेलाको भालु नाच र अहिलेको सहकारी अभियानको अवस्था उस्तै–उस्तै लाग्न थालेको छ । झन्डै झण्डै मेलखान गएको नेपालको सहकारी अभियानको अवस्था त्यो भालुनाच जस्तै छ । नियामक निकायहरु चटकी देखाइरहेछन सहकारीकर्मी र अभियान्ताहरु भालुले जस्तै नाची रहेछन् । चटकी दाइले भालुलाई घाँटीमा सिक्री बाँधेर, खुट्टाका नङ काटेर चपाउने दाँत झिकेर आफ्नो इसारामा नचाइरहेछ भालु मन नलागी नलागी नाँची रहेछ । चटकीले कहिले ड्रम बजाउँछ, कहिले बाँसुरी बजाउँछ कहिले लौरो बजारेर तर्साउँछ तर घाँटीमा बाँधेको सिक्री फुकाउँदैन, समाती रहन्छ। विचरा भालु सबैथोक गुमाएर पनि एउटै तालमा नाची रहेछ । नेपालको सहकारीका नीयामक निकायहरु सहकारीलाई कहिले नीति त कहिले मापदण्ड कहिले सिदान्त र मूल्य मान्यता अनि कहिले ऐनको साँङलोले बाँधीरहका छन् । चटकी दाइले भालुको नैसर्गिक अधिकार खोसिदिए झै सहकारीको अधिकार खोसिदा पनि भालुजस्तै जुनसुकै सगितमा पनि एउटै तालमा सहकारीकर्मीहरु नाची रहेका छन् । छाडा गरिदियो भने भालुले हानी नोक्सानी गर्छ भनेर बाधिएको, चटकी दाइको तर्क झै सहकारीमा पनि कहिले कार्यकारी, कहिले निक्षेपको सिमा, कहिले ठूला साइनबोर्ड कहिले विज्ञापनको नङ्ग्रा देखायर सहकारीलाई बोक्रा ताछेको मुढा जस्तो अनि विचरा भालुले जस्तै नाच्न नसके अस्तित्व नै समाप्त होला भन्ने भय ।
तर, खै त्यो विवस भालुको अधिकारको कुरा गर्ने पशु अधिकारकर्मीहरु, कि उसले आफ्नो स्थानमा वस्न नपाउने हो । जंगलमा उसलाई छाडी दिए अर्को दुनियाले डिष्टर्व नगरे उ जंगलबाट बाहिर निस्केर हानी नोक्सानी नै गर्दैन नी । अब उसका आत्मरक्षक हतियार खोसिदिएर बन्धक बनाएपछि कथम कदाचित फुस्कियो भने हानी त पक्कै गर्दछ चटकी दाइ लाई नै नचाइदिन्छ नी । यदी उसलाई आफ्नो हिसाबले बस्न दिए किन कसरी हुन्छ हानी । चटकीदाईले पनि भालुले पनि आफ्नो स्थानमा बसे न आउछ हानीको कुरा नआउँछ नोक्सानीका कुरा । भालु नचाएर पेटपाल्न पल्केको चटकी दाई काहाँ आफ्नो पाखुरा बजार्ने कोसिस गर्छ । बरु भालु नाच्दा नाच्दै मरेछ भने फेरी जंगलमा पस्छन् अर्को भालु लाई जाल हान्न । अनी फेरी सुरु हुन्छ नाँच धतुरसि नाँच । नाँच भालु नाँच । भालु नचाउने काम बन्द गर्नु आवश्यक छ । कि कसो त !
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार