७ बैशाख २०८१, शुक्रबार

‘पर्यटन अध्यापन गराउने सहकारी कलेज स्थापना गर्ने छौं’

६ भाद्र २०७२, आईतवार
‘पर्यटन अध्यापन गराउने सहकारी कलेज स्थापना गर्ने छौं’

पर्यटन सहकारी किन र कसरी स्थापना गर्नुभयो ?
पर्यटन क्षेत्रका सबै व्यवसायीलाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहकारी स्थापना गरेका हौं । पर्यटन क्षेत्रमा केही आयाम, केही नयाँ काम गर्न सकिन्छ कि भनेर स्थापना गरेका हौं । शुरुमा हामी ४५ जनाबाट २०/२० हजार रुपैंया जम्मा गरेर सहकारी शुरुवात गरेका हौं । एक वर्षमै हामीले एक करोड रुपैंयाको कारोबार गर्यौं । त्यसपछि २ वर्षमा ८ करोड रुपैंया र अहिले १५ करोड रुपैंया पुर्याएका छौं । हाम्रो उद्देश्यमा सहकारी होटल, ट्राभल, हेलीकप्टर, प्लेन समेत किन्ने रहेको छ । तर उद्देश्य अनुसार कामगर्न ऐन निमयले दिएको छैन । केही समय अघि हामीले एयरपोर्टबाट ठमेल आउने ट्याक्सी संचालन गर्ने सोच बनायौं । ट्क्सीहरु पुराना र उनीहरुले पर्यटकलाई राम्रो सेवा नदिएको, सोझै बस सेवान भएको, बेला बेलामा पर्यटक लुटिने भएका हुनाले सहकारी मार्फत त्यहाँ लगानी गर्ने कि भनेर सोच बनाएका थियौंँ । सबै सहकारीका सदस्यको सहमती अनुरुप प्रक्रिया शुरु गरेका थियौं । यातायातमा भएको सिन्डिकेटका कारण लगानीगर्न सकिएन । अर्को कुरा अलि ठूलो क्षेत्रमा लगानी गर्न हामीसंग पुँजी पनि भइसकेको छैन । उद्देश्य अनुसारको काम गर्न नपाउँदा हामी असन्तुष्ट छौँं । यसको मतलब उद्देश्य अनुसारको काम नगर्ने भन्ने चाँही होइन । बचत र ऋणको काम चाँही हामीले गरीरहेका छौंँ । धेरै सदस्य यसबाट लाभान्वीत भएका छन् । साना व्यवसायीलाई हामीले विशेष फोकस गरेका छौं । बैंकबाट ऋण लिन नसक्ने व्यवसायीहरु बढी मात्रामा लाभान्वीत भएका छन् ।

चन्द प्रसाद रिजाल
अध्यक्ष, दिगो पर्यटन सहकारी संस्था लिमिटेड, काठमाडौं
१९९८ देखि पर्यटन व्यवसायमा आवद्ध रिजाल पछिल्लो समयमा सहकारी व्यवसायमा पनि आवद्ध भएका छन् । होटल डेप्लोम्याटबाट पर्यटन व्यवसायमा उनी औपचारीक रुपमा व्यवसायमा लागेका हुन् । होटल व्यवसायलाई सहयोग पुग्ने गरी ट्राभल व्यवसायमा पनि संलग्न भए । उनले सि नेपाल ट्राभल स्थापना गरे । त्यपछि सि नेपाल ट्रेकिङ एण्ड एडभेन्चर पनि स्थापना गरे । त्यसपछि ५ वर्ष अघि अर्थात २०६८ माघ २४ गते दिगो पर्यटन सहकारी संस्था स्थापना गरे । उनी राष्ट्रिय पर्यटन व्यवसायी संगठनका पनि केन्द्रिय अध्यक्ष हुन् । प्रस्तुत छ, सहकारीका विविध पक्षमा केन्द्रीत रहेर सहकारीखबर डटकमका कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी ।

व्यवसाय छाड्नुपर्ने परिस्थितिबाट हामीमाथी उठाएका छौं । हामी पर्यटन क्षेत्रमा स्थापित सहकारीको रुपमा रहेका छौं । पर्यटन क्षेत्रमा २० देखि २५ सहकारी छन् । अरु सहकारीको तुलनामाहामी अगाडी रहेका छौं ।

पर्यटन सहकारी स्थापना गर्ने सोच कसरी आयो ?
विभिन्न संघ/संगठनमा आवद्ध भएर कामगरेँ । म सामाजिक चिन्तन पनि भएको मान्छे हुँ । समाजमा धेरै मानिस संग पनि सम्बन्ध भएको र केही साथीहरुले पर्यटन क्षेत्रमा सहकारीको आवश्यकता महशुस गर्नुभयो । सहकारी स्थापना गरौं भनेर बारम्बार कुरा गरीरहनु भयो । सबैको साथ हुने भएपछि गरौंन त भनेर मेरै नेतृत्वमा दर्ता भएको हो । धेरै मानिसहरुसंग बसेर उनीहरुको समस्याको चिन्तनमनन् गर्ने, समस्याबाट कसरी माथी उठ्न सकिन्छ ?, आर्थिक विकास कसरी गर्ने ?, आर्थिक लेनदेननै सहकारीको काम भएको हुनाले सहकारी स्थापना गरेका हौं ।

सहकारीको सदस्य बन्ने के कस्ता प्रावधान रहेको छ त ?
पहिला त सहकारीको कार्यक्षेत्र भित्र बस्नु पर्यो । काठमाडौंका १६, १५, २९, ३० र १ वडा भित्र । त्यसपछि पर्यटन क्षेत्रमा रहेको हुनुपर्छ । निवेदन दिईसके पछि कार्यसमितिले पर्यटन क्षेत्रमा छ वा छैन भनेर हेर्छ । त्यसपछि मात्र सदस्य बन्न पाउँछ ।
कती व्यवसायी सहकारीमा आवद्ध हुनुहुन्छ ?
४५ जनाबाट सहकारी शुरु भएको हो । हाल सम्म करिब १० हजार साना तथा ठूला व्यवसायी सदस्य रहेका छन् ।chandra prasad rijal2

सहकारी मार्फत पर्यटन व्यवसाय प्रवद्र्धनमा के कस्ता काम गर्दै आउनु भएको छ त ?
हामीले दिन पनि व्यवसाय प्रवद्र्धन कै लागि हो ।  कुनै व्यवसायी मर्कामा पर्यो भने उनीहरुलाई ऋण दिएर व्यवसाय उकास्ने हो । त्यसपछि उनीहरुको पैसा जम्मा गर्ने, बैंकमा भन्दा अलि राम्रो व्याज दिने हो । उसको बचत पनि सुरक्षित गर्ने हो । सदस्यले चाहेको बेला छिटो, छरितो र बैंकले भन्दा कम व्याजमा ऋण पायो भनेत व्यवसाय प्रवद्र्धन हुने नै भयो । सहकारीले अर्को भनेको सहकारी शिक्षा, तालिम दिने हो । यसमा हामी अगाडी नै छौं । सदस्यहरु मध्ये दुर्घटना भएर मृत्यु भएको खण्डमा हामीले २ लाखदिने दिने छौं ।
तर सहकारीले ठूलै लगानी गरेर पुर्नउत्थान गर्न ५/१० लाखदिने स्थिति चाँही हुँदैन । तर आगामी दिनमा त्यस्तो भएको खण्डमा व्यवसाय जोगाउन त्यस खालका केही कार्यक्रमको योजना चाँही रहेको छ ।

पर्यटन सहकारीले पनि केन्द्रीय संघ स्थापना गरेका छन् । त्यसमा आवद्ध हुनुहुन्छ ?
शुरुमा हामी लगायत विभिन्न सहकारी मिलेर केन्द्रीय संघ दर्ता गर्न लागेका थियौं । बुझ्दै जाँदा २५ वटा प्रारम्भिक सहकारी चाहिने रहेछ । त्यो समयमा २५ सहकारी पुगेन । तर संघ दर्ता भैसकेको छ भन्ने सुन्नमा आएको छ । तर त्यहाँ को–को सदस्य छन्, के के कामगर्दै आएको छ भन्ने बारेमा केही जानकारी पाएको छैन ।

सहकारीमा कती जनाले रोजगारी पाएका छन् त ?
सबै तहका गरी १५ जनाले रोजगारी पाएका छन् । एउटा संस्थाले १५ जनालाई जोजगारी दिने भनेको चानचुने कुरा होइन । यो प्रत्यक्ष रोजगारी मात्र हो । अप्रत्यक्ष रुपमा भने धेरैले रोजगारी पाएका छन् ।

संस्थाको भावी योजना के छ ?
हामी बचत तथा ऋणको मात्र कारोबार गर्न स्थापना भएका हैनौं । नेपालको पर्यटन व्यवसाय लाई केहीहद सम्म भए पनि माथी उठाउने काम गर्ने छौं । बचत तथा ऋणको कामको अलवा सहकारी ट्राभल, सहकारी ट्रेकिङ, पर्यटन अध्यापन गराउने कलेज, सहकारी यातायात संचालन गर्नेछौं । पूँजी बढाएर यस्ता काम गर्ने छौं । नमुना सहकारीको रुपमा हामी काम गर्ने छौं ।

अभिलेख

लोकप्रिय