२२ कात्तिक २०८३, आईतवार

संगठित महिला सहकारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

२०७३ पुष २३, शनिवार
संगठित महिला सहकारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

sangathit-coop3

काठमाडौं । काठमाडौंको ताहाचल स्थित संगठित महिला फोहोर व्यवस्थापन सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रश्मी खनालको सभापतित्वमा सम्पन्न साधारणसभाको बिशिष्ट अतिथिहरुमा नेपाली कांग्रेसका नेतृ तथा सांसद राज्यलक्ष्मी श्रेष्ठ र राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल रहेका थिए । दुबै जना संस्थाका सल्लाहकार हुन् । सभामा संस्थाका अध्यक्ष खनालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष रमिला श्रेष्ठ (शाक्य)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

sangathit-mahila-sahakari

साधारणसभाको अवसरमा सदस्य ज्ञानु श्रेष्ठलाई सम्मानित गरिएको थियो । श्रेष्ठले घरेलु उद्योग संचालन गर्दै आएकी छिन् । उनीले अचार, गुन्द्रुक, धुप लगायतका घरेलु उद्योग संचालन गरेका छन् । त्यस्तै संस्थाका कोषाध्यक्ष रमिला श्रेष्ठलाई सहकारी बिषयमा डिप्लोमा गरेको भन्दै सहकारीले सम्मानित गरेको छ । श्रेष्ठले हालै भारतबाट सहकारी विषयमा डिप्लोमा गरेकी हुन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा जनसंख्या, महिला तथा वातावरण बिकास संस्थाका अध्यक्ष शारदा ढकाल, संस्थाका सल्लाहकार तथा कृषि विज्ञ डा. तारानाथ पाण्डे, जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघ काठमाडौंका संचालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमरावती महर्जन (बलामी) लगायतको उपस्थित रहेको थियो ।

सहकारीले ‘खाद्य प्रशोधन उद्योग’ समेत संचालन गरेको छ । सो उद्योगबाट हाल जौ को सातु, चनाको सातु र सर्वोतम पिठो उत्पादन गरिएको छ । सहकारी विभागको ३ लाख अनुदान र सहकारीको ३ लाख लगानी गरी कुल ६ लाखको लागतमा उद्योग स्थापना गरिएको हो । त्यस्तै फोहोर ब्यबस्थापन सम्बन्धी पनि विविध कार्यक्रम संचालन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय