‘सहकारी अभियानलाई वित्तिय अनुशासनयुक्त बनाउन जरुरी’

सिमरा । सहकारी अभियानलाई वित्तिय अनुशासनयुक्त बनाउनका लागि नेफ्स्कून अग्रसर रहेको नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले बताएका छन् ।
मंगलबार महोत्तरीको बर्दिवासमा सहकारी अभिमुखीकरण तथा नेफ्स्कून आवद्धता गोष्ठिमा बोल्दै पौड्यालले उक्त बचत तथा ऋण सहकारीहरुमा देखा परेका विकृतिहरुलाई हल गर्न र उपलव्धिहरुलाई संस्थागत गर्नका लागि नेफ्स्कून एकीकृत सञ्चालन प्रणाली मुलुकभर लागु गर्न खोजेको पौड्यालको भनाई थियो ।
गोष्ठिमा बोल्दै नेफ्स्कूनका सञ्चालक तथा हरिवन फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलले वित्तिय सहकारी सञ्चालन जोखिम र चुनौतियुक्त भएकोले यसको व्यवस्थापनमा सहकारीकर्मीहरु गम्भिर हुनुपर्ने बताए । सहकारी अभियानलाई गुणात्मक र उत्पादनकेन्द्रीत बनाउन बचत तथा ऋण सहकारीहरुले पूंजी परिचालन गर्न ध्यान दिनुपर्ने उनको भनाई थियो ।
त्यस्तै नेफ्स्कूनका सञ्चालक दीपक पनेरुले बचत तथा ऋण सहकारीहरुलाई कृषिमैत्री बनाउनुपर्ने त्यसका लागि नेफ्स्कूनले कृषिवित्त पक्षलाई जोड दिएको बताए । सहकारीप्रति नागरिकको चेतनास्तर अझै बढन बांकी रहेको बताउदै पनेरुले सहकारी अभियन्ता गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा सर्लाही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, महोत्तरीका अध्यक्ष कृष्णबहादुर सिंहलगायतले आफ्नो धारणा राखेका थिए । त्यस्तै पर्साको वीरगञ्जमा पनि जिल्लास्तरीय अगुवा सहकारीकर्मी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा सम्पन्न नेफ्स्कूनका महासचिव परितोष पौड्याल, नेफ्स्कूनका सञ्चालकद्वय कृष्ण पौडेल र दीपक पनेरु, राष्ट्रिय सहकारी बैंक वीरगञ्जका प्रमुख युवराज त्रिपाठी, जिल्ला संघका उपाध्यक्ष असगर अली, सचिव पन्नालाल दास, सञ्चालक रामनिवास देहातीलगायतले आफ्नो धारणा रोखेका थिए ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार