
गैंडाकोट : सहकारी क्षेत्रमा उच्च प्रविधियुक्त सेवा प्रवाह गर्दै आईरहेको विकू बचत तथा ऋण सहकारी संस्थाले नेपाल भरी पहिलो पटक विकू स्मार्ट बैंकिङ् एप्लिकेशनमार्फत क्यूआर काेड स्क्यान गरी भुक्तानी सेवा विस्तार गरेको छ ।
अब नेपालभर सर्वसुलभ रुपमा विकू स्मार्ट बैंकिङ् एप्लिकेशनबाट क्यूआर काेड स्क्यान गरी सेवा लिन सकिनेछ । साथै अन्य बैंक तथा वित्तिय संस्थाको स्मार्ट बैंकिङ् एप्लिकेशन प्रयोग गरेर पनि सेवा प्राप्त गर्न सकिने संस्थाले जनाएको छ । संस्थामा आबद्ध शेयर सदस्यहरुलाई वस्तु तथा सेवाको खरिद, बिक्रीमा नगदरहित सेवा प्रदान गर्ने उद्देश्यले व्यावसाय गर्ने सदस्यहरुलाई क्यूआर काेड वितरण गरिएको हो ।
स्मार्ट विकुको परिकल्पना सहित संस्थाले यस अघि नै एटीएम, माेबाईल बैंकिङ र एसएमएस मार्फत नगद रहित सेवा प्रदान गर्दै आईरहेको छ । साथै स्मार्ट बैंकिङमार्फत सेवा प्रयोग गर्दा सरल, सुरक्षित र सदस्यको समय समेत बचत हुने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार