नगद रहित कारोबारमा सीतापाईलाको जोड, सदस्यको पसल पसलमा क्यूआर कोर्ड
काठमाडौं : काठमाडौंको सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले नगद रहित कारोबारलाई प्राथमिकता दिन सुरु गरेको छ ।
संस्थाले २२ औं स्थापना दिवसको अवसरमा क्यूआर कोर्डको शुभारम्भ गरेको छ । सदस्यलाई प्रविधिमैत्री बनाउनुका साथै नगद रहित कारोबारलाई प्राथमिकता दिन क्यूआर कोर्ड सेवा सुरु गरेको संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिनुभयो ।
संस्थाका सदस्यहरुले सञ्चालन गरेको तरकारी पसल, चिया पसल, औषधि पसल, फलफूल पसल तथा अन्य क्षेत्रका पसलहरुमा क्यूआर कोर्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त पसलहरुमा कारोबार गर्दा ग्राहकले क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछ ।

संस्थाले डिजिटल प्रविधि मार्फत मिनि स्टेटमेण्ट लिन, मोबाईलमा टपअफ गर्न, विजुलि, टेलिफोन, इन्टरनेट सेवाको विल तिर्न, हवाई सेवाको टिकट बुकिङ्ग गर्नेलगायत सेवाका लागि संस्थाको मोबाईल एप्स यस अघिदेखिनै संचालन गरिरहेको छ ।
उक्त क्यूआर कोर्ड मार्फत देशभरीका सबै सपिङ्ग सेन्टर, अस्पताल, रेष्टुरेण्ट तथा होटलहरुमा सीतापाईला सहकारीको मोबाइल एप्समार्फत भुक्तानी गर्न सकिने अध्यक्ष मानन्धरले बताउनुभयो ।
संस्थाले सदस्यको पसल पसलमा क्यूआर कोर्ड वितरण गर्ने योजना बनाएको छ । क्यूआर कोर्ड सजिलै रकम भुक्तानी गर्न सक्नेछन् । संस्थाले एटिएम सेवा पनि सुरु गरिसकेको छ । संस्थाको मोबाईल बैंकिङमार्फत रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड, बैंक ट्रान्सफर लगायतका सेवा लिन सकिने छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार