१ असार २०७८, मंगलवार

अब सहकारीको आफ्नै इन्धन बोक्ने ट्यांकर

२० माघ २०७७, मंगलवार
अब सहकारीको आफ्नै इन्धन बोक्ने ट्यांकर

काठमाडौं : साझा पसल सेवा सहकारी संस्थाले इन्धन बोक्ने पाँच वटा ट्यांकर सञ्चालनमा ल्याएको छ ।

पेट्रोल पम्पहरुमा लगानी गरेको यस सहकारी संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर किनेको हो । माघ १६ गते वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गर्नुभयो ।

२० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताउनुभयो ।

इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको बताउँदै कार्यकारी निर्देशक पौडेलले कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार रहेको बताउनुभयो । नयाँ ट्यांकरहरुले आजदेखि नै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय