सहकारी संस्थामा बचत गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यी ५ कुरा बुझी राखौं !
१) सर्वसाधारणको संस्था :
सहकारी बचत संस्था आम उपभोक्ताले जोहो गरी नियमित रूपमा रकम राखेर अड्कोपड्को टार्ने अनि
भविष्यमा ज्येथा जोड्ने भनेर खोलेको हो;
२) सदस्यताको सर्त :
संस्थामा सेवा उपयोगकर्ता सदस्य बन्न चाहे कुनै भेदभाव नगरी बनाउनुपर्दछ; सदस्य नबनेसम्म कसैले बचत राख्न वा ऋण लिन मिल्दैन;
३) समान अधिकार :
अघि दर्ता गर्ने र अब बन्ने सदस्यको कर्तव्य र अधिकार संस्थामा बराबरी हुन्छन्; कसैले आफूलाई संस्थापक मानी अर्कालाई ग्राहकजस्तो व्यवहार गर्न पाउँदैनन्; धेरै र थोरै पैसा राखेको भनेर पनि भेदभाव चल्दैन;
४) स्वशासकीय बन्दोबस्त :
सदस्यहरूको सल्लाहले बचत, ऋण, व्याजदरलगायत संस्था सञ्चालनको सबै तहबह मिलाउनुपर्ने हुन्छ र
५) स्वउत्तरदायित्व :
आफैँले आफ्ना लागि चलाउने भएकाले संस्थाको जस–अपजस पनि सदस्यहरूले नै लिनुपर्ने हुन्छ; आफूले वास्ता नगरे अर्काले मनलागी गर्न पनि सक्तछन् ।
——————————————————————————-
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार