६ बैशाख २०८१, बिहीबार

सहकारी कथा (भाग १)

९ भाद्र २०७७, मंगलवार
सहकारी कथा (भाग १)

 

क : कता हिँडेको साथी तिमी ?

ख : बैंक जान लागेको पैसा निकाल्न ! तिमी कता ?

क : म सहकारी जान लागेको पैसा निकाल्न ।

दुबै बाटो लागे !!

२ घण्टापछि

क : कता बाट आयौ साथी ?

ख : कहाँबाट आउनु बैंक बाटै आउँदै छु । पानी देउ न प्यास लाग्यो । थाके घामले टाउको दुख्यो !

क : किन यति बेर लाग्यो ?

ख : लाईन बाटोसम्म, मान्छे धेरै, घाममा उभिए, गेटबाट सुरक्षित भित्र जाने भन्दै रोकिरह्यो गार्डले, त्यसैले समय लाग्यो ।
तिमी कतिखेर आयौ ?

क : म आएर पनि एक मेलो काम सके त । सहकारीमा भिडभाड नगर्नु सही गरेको चेक छोडेर जानु घर मै पैसा पठाईदिन्छु भने, अनि घर आँए म त अघि नै ।

ख : कति राम्रो आहा ! मलाई पनि लैजाउन खाता खोल्न । म पनि अब सहकारीबाट सबै कारोबार गर्छु ।

क : भै हाल्छनी कहिले जाने ?

ख :  हातमा पैसा छ आजै जाने !

क र ख सहकारी तिर लागे !

सहकारीमा पुग्ने बित्तिकै कर्मचारीले न्यानो व्यवहार गरेर पानी पिलाउँछ ! केही बेरमा चिया आउँछ !

सदस्य बन्नका लागि फारम भरेर आवस्यक पर्ने शुल्कसहित कागजात बुझाँउछ । फर्कने बेलामा सहकारीका व्यवस्थापकले तपाईबाट प्राप्त फारम बुझेका छौं पासबुक तपाईको घर मै आउँछ । आजबाट तपाईं हाम्रो परिवार बन्दै हुनुहुन्छ । सुख दुःख जे परेनी सम्झनु होला यो सहकारी तपाईकै हो ।

आँखा आँसुले भरियो र सहकारी प्रतिको मायाले छाती फराकिलो भयो र सदस्य बनेकोमा खुसी हुँदै घरतिर लाग्यो ।

लेखक : सीमा पुुुरी
अध्यक्ष, सज्जन महिला साकाेस, काठमाडौं                       

*यस अघि लेखककाे नाम अन्यथा पर्न गएकाेमा क्षमाप्रार्थी छाैं । सं

अभिलेख

लोकप्रिय