
विराटनगर : विराटनगर–७, स्थित रारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्ने भएको छ । संस्थाले सोमबारबाट सदस्यको बचत फिर्ता गर्ने जनाएको छ ।
संस्थाका अध्यक्ष शेरबहादुर थापा मगरका अनुसार सोमबारबाट सदस्यको बचत फिर्ता गरिने बताउनुभयो । संस्थाले गरेको लगानी उठ्न नसक्दा समस्या उत्पन्न भएको बुझिएको छ । संस्थामा सदस्यको बचत करिब १० करोड रुपैयाँ रहेको छ । संस्था समस्याग्रस्त अवस्थामा पुगेको जानकारी पाएपछि सदस्यहरु आफ्नो बचत फिर्ता लिन लागि परेका छन् ।
बचत फिर्ता गराउन नसके पनि विभिन्न बहानामा कार्यालय बन्द गरिएको थियो । शुक्रबार कार्यालय खुलेको भएपनि रकम भुक्तानी गर्न संस्थाले नसकेको अध्यक्ष शेरबहादुर थापा मगर स्विकार गर्नुहुन्छ । सदस्यहरुले प्रहरी कार्यालयमा समेत उजुरी दिईसकेका छन् । प्रहरी कार्यालयले छलफलको लागि संस्थाका प्रतिनिधिलाई बोलाएका छन् ।
संस्थाका अध्यक्ष मगरका अनुसार लगानी उठ्न नसक्दा समस्या आएको बताउँछन् । करिब १२ करोड रुपैयाँ ऋण लगानी उठ्न नसकेको बताउनुभयो । ‘सदस्यको बचत फिर्ता गराउने नै छौं’, उहाँले भन्नुभयो, ‘अहिले संस्थामा पैसा छैन । हामी म्यानेज गर्दै छौं ।’
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार