State:
District:
City:
Address:
Email:
Phone:
सहकारी सिद्धान्त र मुल्य मान्यता अनुसार ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रुपमा कारोबार शुभारम्भ गरी सञ्चालनमा आएको हो । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय सदस्य मिली स्थापना गरिएको हो ।
सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ ।
परिकल्पना : “सदस्यहरुको पहिलो रोजाइको सबल, गतिशील र विश्वसनीय साकोस”
ध्येय : “सेवामा उत्कृष्ठता, नवीनतम प्रविधि र विशिष्ट पहिचान सहित सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको सहयात्री बन्ने”
संस्थाको कार्यक्षेत्र : काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला ।
ब्यवस्थापन : यस संस्थालाई सुचारु रुपले संचालन गर्न संचालक समितिको अध्यक्ष लगायत अन्य कर्मठ, इमान्दार र परिश्रमी कर्मचारीहरुको एउटा पारिवारिक वातावरण समुह क्रियाशील रहेको छ । त्यसैले यस संस्थाले अरु सहकारी संस्था भन्दा छिटो, छरितो र भरपर्दो सेवा प्रदान गरेको छ ।
| # | Fiscal Year | Bonus | Refund Amount |
|---|---|---|---|
| 1 | - | - |