बाल बचतकर्ताहरुको सशक्तिकरणमा ज्योतिपुञ्ज साकोस

काठमाडौं : नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले भविष्यका कर्णधारहरुलाई सशक्त बनाउने योजना अघि सारेको छ ।
संस्थामा आवद्ध ‘सम्भावित सदस्य’हरुलाई सहकारी, समाज र वातावरणसँग घुलमिल गराउन सकियो भने भोलिको अभियान बलियो हुने भन्दै ज्योतिपुञ्ज साकोसले आफ्ना बाल बचतकर्ताहरुका लागि सशक्तिकरण कार्यक्रम राखेको हो ।
जसअन्तर्गत आज शनिबारको बिदा बालबालिकाहरु (संस्थाका बाल बचतकर्ताहरु) ले आफूहरु आवद्ध ज्योतिपुञ्ज साकोसबारे जानकारी लिने, सहकारीको महत्वसँग जोडिएको आफ्नो भविष्यबारे बुझ्ने, विभिन्न मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागी हुने, स्वस्थ्य स्पर्धामार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने र पुरस्कृत हुने, अन्य भूगोल, परिवेश र विद्यालयबाट आएका साथीभाईहरुसँग सम्बन्ध स्थापित गर्ने काममा खर्चिए । सँगै ३ सय बढी बालबालिकाका अभिभावकहरु पनि आफ्ना नानीबाबुसँग ज्योतिपुञ्जको सशक्तिकरण अभियानको साक्षी बने ।
कोटेश्वरस्थित कस्मिक इन्टरनेशनल एकेडेमीमा आयोजित ‘विद्यार्थी सशक्तिकरण कार्यक्रम’ अन्तर्गत सात कार्यक्रम राखिएको थियो । संस्थाले विभिन्न उमेर समूहको आधारमा चित्रकला, नृत्य, भाषण, गायन, हस्तलेखन, खुत्रुकेमा पैसा जम्मा गर्ने र चम्चा गुच्चा कार्यक्रम आयोजना गरेको थियो ।
तीन सय बाल बचतकर्ताले कार्यक्रमको मज्जा लिए, लाभ उठाए र प्रसन्न मुद्रामा ज्योतिपुञ्ज साकोसलाई धन्यवाद दिदैं घर फर्किए ।
यो कार्यक्रम केबल एउटा कार्यक्रम मात्रै नभएर बालबालिकाको भविष्य र सहकारीको भविष्यसँग जोडिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्की बताउँछन् । बालबालिकाहरुलाई एउटै थलोमा उपस्थित गराई उनीहरुको रुचि अनुसारका कार्यक्रममा सहभागि भई क्षमता, वृद्धि विकाससँगै भविष्यमा पेशा व्यवसायको रुपमा अगाडी बढाउन सक्नेगरी कार्यक्रमको डिजाईन भएको कार्की बताउँछन् ।
‘सहकारी परिवारका सबै सदस्य अटाउने साझा थलो हो । परिवारमा बालबालिका, युवा, जेष्ठ सदस्य रहन्छ । उहाँहरु सबैलाई समेट्नु सहकारीको संकल्प हो’, उनले भने, ‘बाल बचतकर्ता भविष्यको सदस्य हो । सदस्य भविष्यको नेतृत्व पनि हो । यो कार्यक्रम भविष्यको नेतृत्वसँग पनि जोडिएको छ ।’
संस्थालाई सधै सक्रिय र सुयोग्य सदस्यको आवश्यकता पर्ने बताउँदै कार्कीले त्यसका लागि आजैबाट प्रयास गरिएको उनले बताए ।
कार्यक्रका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले ज्योतिपुञ्ज साकोसले आयोजना गरेको कार्यक्रम फरक र नमुनायोग्य रहेको धारणा राखे । बालबचतकर्तालाई एकतावद्ध बनाई आयोजिक यस्ता कार्यक्रमले उनीहरुको वृद्धि विकाससँगै सहकारी क्षेत्रमा राम्रो सन्देश जाने बताए ।
बाल बचतकर्ताहरुको लागि आयोजिक कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक बनेको कस्मिक इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक रामशरण सुवेदीले बताए । बालबालिकाको आफ्नो शिप र क्षमता अनुसारका विधामा सहभागि गराई उत्कृष्ट हुने अवसर जोतिपुञ्जले दिएकोमा धन्यवाद व्यक्त गरे । यस्ता कार्यक्रमले विद्यार्थीहरुको शक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार