
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा युवा समन्वय उपसमितिका संयोजक सागर ढकालले नीतिगत समस्याका कारण सहकारीबाट उद्यम गर्न समस्या रहेको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै सञ्चालक ढकालले विभिन्न ऐन, नियमहरु बाधक रहेकाले सहकारीले सहज तरिकाले व्यवसाय गर्न कठिन भएको बताउनुभयो ।
सरकारले तीन खम्बे अर्थनीतिमा सहकारी समावेश भएपनि सहकारीमार्फत रोजगारी सिर्जना गर्न कठिन रहेको उहाँको धारणा थियो । राज्यको तर्फबाट सहजीकरण गरे मात्रै सहकारीको उद्यम बढ्ने उहाँको भनाई थियो । नेपालको युवा जनशक्ति विकासका लागि अनुकुल रहेपनि स्वदेशमा अवसर नपाएर विदेश पलायन हुने बाध्य भएको उहाँको भनाइ छ ।
श्रमशक्ति पलायन नकारात्मक सूचक भएको भन्दै बाध्यात्मक अवस्थामा जाने श्रमिकलाई स्वदेशमै रोजगारी दिएर रोक्न सक्नुपर्ने बताउनुभयो । सीपमूलक व्यवसायिक शिक्षा दिन सके स्वदेशमै रोजगारी बढ्नुका साथै सीप सिकेर गएमा रेमिट्यान्स पनि बढ्ने उहाँको भनाई थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार