
दमौली : तनहुँ जिल्ला अदालतले सहकारीको रकम हिनामिना गर्नेलाई कैद सजाय र जरिवाना फैसला गरेको छ । तनहुँको व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋणसहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँच जनालाई कैद सजायको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलाशले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको हो । व्यास नगरपालिका–२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका–१ का दीपिका थापा, व्यास नगरपालिका–५ का याममाया दरै र व्यास नगरपालिका–१० का चेलीमाया थापालाई तीन वर्ष कैद सजायको फैसला भएको हो ।
साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाहीरुपमा भराउने फैसलासमेत अदालतले गरेको छ । जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाएर विसं २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दाको दशपटक पेशी चढेको थियो ।
उक्त सहकारीमा साढे चार करोड हिनामिना गरेको अभियोग लागेको थियो । यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने रु एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार