मेगा ड्रिमको छैंठौं सेवा केन्द्र थानकोटमा, कुल वासलात १ अर्ब ७५ करोड

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमको बीच चन्द्रागिरि नगरपालिका– ५, थानकोटमा छैंठौं सेवा केन्द्र विस्तार गरेको हो ।
सेवा केन्द्र विस्तार कार्यक्रममा प्रदेश सांसद रमा आले, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख मोहन खाँड लगायतको उपस्थितीमा सेवा केन्द्र उद्घाटन गरेको हो ।
संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक विभिन्न उपसमिति, कर्मचारी र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले वार्षिकोत्सवकै अवसरमा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको भए पनि विविध कारणले गर्दा केहि ढिलाई हुन गएको बताउनुभयो । संस्थाले कृषि, आवास जस्ता केही नयाँ परियोजना सञ्चालनका लागि अध्ययन गरिरहेको र त्यसका लागि आन्तरिक रुपमा कार्यविधि बनाउने काम जारी रहेको बताउनुभयो ।
संस्थाले सदस्यहरुको सुविधालाई ध्यानमा राखी ‘फन पे’ मार्फत संस्थाबाट बैंक र बैंकबाट संस्थामा रकम ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको उहाँले जनाए । संस्थाले यस अघि नै एटिएम र मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।
संस्थामा ११ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् भने चुक्ता पुँजी १४ करोडको हाराहारीमा रहेको छ । संस्थाले यस अवधिमा १ अर्ब ७५ करोड कुल वासलात पुगेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार