सोसाइटल र लुनिभाका सदस्यले निक्षेप फिर्ता पाउँदै, बैंक खाता मै पैसा जम्मा गर्दै सरकार
काठमाडौं : धराशायी बनेको सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडित सदस्यले बैंक खाताबाट निक्षेप फिर्ता गराईने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पीडित सदस्यलाई बैंक खाताबाट रकम फिर्ता गराउन लागेको हो ।
समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार निक्षेपका लागि आइतबार २० जनाले कागजात पेश गरेका छन् । बैंक खाता नम्बर, निवेदनसहित आफ्नो बचतको प्रमाण समितिमा पेश गरेका हुन् । समितिले एउटै चेकबाट सबैको पैसा फिर्ता गर्ने तयारी गरेको छ ।
समितिले पहिलो चरणमा ५० हजार भन्दा सम्मको बचतकर्ता ९० जना र जेष्ठ, अपांग ४० जनाको निक्षेप फिर्ता गर्ने योजना बनाएको छ । समितिले २ करोड ३४ लाख रकम केही समयअघि असुलेको थियो । आइतबार मात्रै चार जना ऋणीबाट थप १५ लाख रकम उठेको पौडेलले जानकारी दिनुभयो । सहकारीले तत्कालीन समयमा २४र२५ प्रतिशतमा ऋण लगानी गरेको भएपनि संस्थाले ती ऋणीबाट सरकारी बैंकसरह ब्याजमा ऋण उठाइरहेको छ । बन्द भएका कारण तिर्न नपाएको भन्दै ऋणीले आवाज उठाएपछि समितिले नयाँ तरिका अपनाएर ऋण असुल गर्न लागेको हो ।
समितिले सुरुका चरणमा ५० हजारसम्मका र जेष्ठ तथा अपांगको पैसा फिर्ता गर्ने योजना बनाएपनि ठूला बचतकर्ताले आफूहरुले पहिला पाउनुपर्ने भन्दै समूह बनाएर आइतबार समिति पुगेका थिए । समितिले त्यसरी २०र३० जनाको समूहमा आएका ठूला निक्षेपकर्तालाई सम्झाएर अर्को चरणमा दामासाहीका आधारमा पैसा फिर्ता दिने प्रतिवद्धतता जनाएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार