सोसाइटल र लुनिभाका सदस्यले निक्षेप फिर्ता पाउँदै, बैंक खाता मै पैसा जम्मा गर्दै सरकार

काठमाडौं : धराशायी बनेको सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडित सदस्यले बैंक खाताबाट निक्षेप फिर्ता गराईने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पीडित सदस्यलाई बैंक खाताबाट रकम फिर्ता गराउन लागेको हो ।
समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार निक्षेपका लागि आइतबार २० जनाले कागजात पेश गरेका छन् । बैंक खाता नम्बर, निवेदनसहित आफ्नो बचतको प्रमाण समितिमा पेश गरेका हुन् । समितिले एउटै चेकबाट सबैको पैसा फिर्ता गर्ने तयारी गरेको छ ।
समितिले पहिलो चरणमा ५० हजार भन्दा सम्मको बचतकर्ता ९० जना र जेष्ठ, अपांग ४० जनाको निक्षेप फिर्ता गर्ने योजना बनाएको छ । समितिले २ करोड ३४ लाख रकम केही समयअघि असुलेको थियो । आइतबार मात्रै चार जना ऋणीबाट थप १५ लाख रकम उठेको पौडेलले जानकारी दिनुभयो । सहकारीले तत्कालीन समयमा २४र२५ प्रतिशतमा ऋण लगानी गरेको भएपनि संस्थाले ती ऋणीबाट सरकारी बैंकसरह ब्याजमा ऋण उठाइरहेको छ । बन्द भएका कारण तिर्न नपाएको भन्दै ऋणीले आवाज उठाएपछि समितिले नयाँ तरिका अपनाएर ऋण असुल गर्न लागेको हो ।
समितिले सुरुका चरणमा ५० हजारसम्मका र जेष्ठ तथा अपांगको पैसा फिर्ता गर्ने योजना बनाएपनि ठूला बचतकर्ताले आफूहरुले पहिला पाउनुपर्ने भन्दै समूह बनाएर आइतबार समिति पुगेका थिए । समितिले त्यसरी २०र३० जनाको समूहमा आएका ठूला निक्षेपकर्तालाई सम्झाएर अर्को चरणमा दामासाहीका आधारमा पैसा फिर्ता दिने प्रतिवद्धतता जनाएको थियो ।
अभिलेख
लोकप्रिय

नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबारRecent Posts

सहकारी विभागको रजिष्ट्रारमा ऋषि तिवारी
१३ फाल्गुन २०७७, बिहीबार
विकूका सदस्यले ९ प्रतिशतमै कर्जा पाउने
१३ फाल्गुन २०७७, बिहीबार
सहकारी बैंकलाई ७ वटै प्रदेश शाखा खोल्न स्वीकृति
१३ फाल्गुन २०७७, बिहीबार