
कञ्चनपुर : चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाले वेदकोट नगरपालिका– ९ लालपुरमा पहिलो सेवा केन्द्र स्थापना गरेको छ ।
उक्त सेवा केन्द्रको उद्घाटन वडा नं. ९ वडा अध्यक्ष राम सिंह धामी र नेफ़स्कुनका संचालक माधबप्रशाद जोशीले संयुक्त रुपमा गर्नु भएको हो । यस संस्था २०६९ चैत १२ गते स्थापना भएको हो । बेदकोट नगरपालिका भर कार्यक्षेत्र भएको सहकारीको मुख्य कार्यालय दैजीमा रहेको छ ।
मुख्य कार्यालयबाट सबै क्षेत्रमा सेवा प्रवाह गर्न कठिनाई भएको हुँदा लालपुरमा सेवा केन्द्र खोलिएको संस्थाका अध्यक्ष लोकबहादुर पातलीले जानकारी दिनुभयो ।
सेवा केन्द्र उद्घाटनमा वडा अध्यक्ष धामीले संस्थाले छोटो समयमा उल्लेखनिय कार्य गरेको र सबै क्षेत्रलाई समेटेर जान सुझाव दिनु भयो । संस्थाका सचिव धर्मराज जोशीले लालपुर सेवा केन्द्र स्थापना सँगै अब संस्थाको ध्यान नगरपालिका पुरै समेट्ने रहेको जानकारी गराउनु भयो । यसै गरी अन्य सहकारी संस्था हरूलाई समेटेर मर्ज़को नीतिमा जाने र संस्थाको दायरा बढाउने समेत बताऊनुभयो । सदस्यमा बचत गर्ने बानीको बिकासका लागी विभिन्न किसिमका बचत योजना ल्याएको र त्यसको कार्यान्वयनका लागी सहकारी सिक्षा कार्यक्रम समेत अगाढी बढाउने जानकारी समेत सचिव जोशीले बताऊनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार