चुरे जैविकमार्ग साकोसको पहिलो सेवा केन्द्र लालपुरमा
कञ्चनपुर : चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाले वेदकोट नगरपालिका– ९ लालपुरमा पहिलो सेवा केन्द्र स्थापना गरेको छ ।
उक्त सेवा केन्द्रको उद्घाटन वडा नं. ९ वडा अध्यक्ष राम सिंह धामी र नेफ़स्कुनका संचालक माधबप्रशाद जोशीले संयुक्त रुपमा गर्नु भएको हो । यस संस्था २०६९ चैत १२ गते स्थापना भएको हो । बेदकोट नगरपालिका भर कार्यक्षेत्र भएको सहकारीको मुख्य कार्यालय दैजीमा रहेको छ ।
मुख्य कार्यालयबाट सबै क्षेत्रमा सेवा प्रवाह गर्न कठिनाई भएको हुँदा लालपुरमा सेवा केन्द्र खोलिएको संस्थाका अध्यक्ष लोकबहादुर पातलीले जानकारी दिनुभयो ।
सेवा केन्द्र उद्घाटनमा वडा अध्यक्ष धामीले संस्थाले छोटो समयमा उल्लेखनिय कार्य गरेको र सबै क्षेत्रलाई समेटेर जान सुझाव दिनु भयो । संस्थाका सचिव धर्मराज जोशीले लालपुर सेवा केन्द्र स्थापना सँगै अब संस्थाको ध्यान नगरपालिका पुरै समेट्ने रहेको जानकारी गराउनु भयो । यसै गरी अन्य सहकारी संस्था हरूलाई समेटेर मर्ज़को नीतिमा जाने र संस्थाको दायरा बढाउने समेत बताऊनुभयो । सदस्यमा बचत गर्ने बानीको बिकासका लागी विभिन्न किसिमका बचत योजना ल्याएको र त्यसको कार्यान्वयनका लागी सहकारी सिक्षा कार्यक्रम समेत अगाढी बढाउने जानकारी समेत सचिव जोशीले बताऊनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार