धादिङमा सहकारी एकीकरण अभियान, हाइवे साकोस र श्री सरस्वती महिला बीच एकीकरण

धादिङ : गल्छी गाउँपालिका–६ स्थित हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ स्थित श्री सरस्वती महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
दुई संस्था एकीकरण गरी एक सक्षम सहकारी संस्था निर्माण गर्ने उद्देश्यले समान प्रकृतिका दुई सहकारी एक भएको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।
एउटै लक्ष्य उद्देश्य र एउटै कार्यक्षेत्र रहेको तर सानो पुँजी निर्माणका कारण सदस्यहरुको मागलाई सम्बोधन गर्न नसकिएको हुँदा उद्यमशीलता प्रवर्द्धन र व्यावसायिकता विकासका लागि सहकारी एकीकरणको विकल्प नभएको एकीकृत संस्थाका अध्यक्ष उमा सिंखडा नेपालले बताउनुभयो ।
एकीकृत हाइवे साकोसमा कुल ३४ सय १८ सेयर सदस्य मध्ये १९ सय ८२ महिला सदस्यहरु हुनुहुन्छ । कुल २२ करोड ६० लाख संयुक्त कारोबार रहेको उक्त संस्थाको २ करोड ३१ लाख सेयर पुँजी, १६ लाख ६ करोड बचत र १६ करोड ४१ लाख ऋण लगानी रहेको छ ।
संस्थामा महिला सेयर सदस्यहरुलाई लक्षित गरि लघुवित्त सेवा साथै महिला उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने योजना रहेको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।
गत मंसिर र पुसमा बार्षिक साधारणसभा सम्पन्न गरेका दुवै संस्थाले एकीकरणसँगै संयुक्त सभा गरेका हुन् ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार