
स्याङ्जा : राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीबारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले समृद्ध नेपाल निर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिनु भएको थियो । सहकारीमा रहेको पूँजिलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले थपप्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै उहाँले त्यसमा स्थानीयतहको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो । सहकारीका नाममा गलत गर्नेहरुलाई समयमै पाखा लगाउनका लागि अभियानका असल अभियन्ताहरुको सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो । सहकारी क्षेत्र ७३ लाखजनता आवद्ध भएको प्रभावकारी क्षेत्र भएकाले यसलाई उत्पादनमा लगाउनका लागि सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मपति पौडेल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले सहकारीहरुको बैंक सहकारी बैंकको शाखा पुतलीबजारमा शुरु भएकाले सबै सहकारी संघ संस्थाहरुलाई सहकारी बैंकमा कारोबार गर्न आव्हान गर्नु भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको विगत, वर्तमान र आगामी योजनाकाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले सहकारी बैंकमार्फत सहकारीहरुको प्रवद्र्धनमा सबैको ऐक्यवद्धतामा जोड दिनु भएको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य प्रसाद अर्यालको स्वागतमा सम्पन्नभएको थियो ।
स्याङ्जाका पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका, विरुवागाउँपालिका, हरिनास गाउँपालिकालाई केन्द्रीत गरी शाखा सञ्चालन गरिएको र शाखामा उद्घाटनको दिनसम्म २० करोड बचत संकलन भएको शाखा प्रमुख पुष्पा क्षेत्रीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार