एकिकृत, शुभलक्ष्मी र सृजना सहकारी बीच एकीकरण, अध्यक्षमा नारायणदत्त तिमल्सिना
ललितपुर : ललितपुरको एकिकृत बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सृजना को–अपरेटिभ लिमिटेड एकीकरण भएको छ ।
तीन वटा सहकारी बीच एकीकरण भई सृजना बचत तथा ऋण सहकारी संस्था कायम भएको छ । संस्थाको मुख्य कार्यालय कुमारीपाटी कायम भएको छ । संस्थाले आवश्यक प्रकृया पुरा गरी बागमती प्रदेश सहकारी मन्त्रालयबाट माघ १५ गते संस्था एकीकरणको स्विकृती समेत लिईसकेको छ ।
संस्था एकीकरण पछिको तर्दथ समितिको अध्यक्षमा नारायणदत्त तिमल्सिना चयन हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेमदेवी देशार, उपाध्यक्षमा शुभद्रा घिमिरे, सचिवमा जनार्दन फुयाल, कोषाध्यक्षमा रामप्रसाद तिमल्सिना र सदस्यहरुमा अनिता पोखरेल र दुर्गा घिमिरे चयन हुनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा प्रमिला खत्री तथा सदस्यहरुमा अन्जु आचार्य र तुलसा संजेल रहनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार