सुदूरपश्चिम विशिष्टीकृत सहकारी संघको अध्यक्षमा डा. गोविन्दराज जोशी
धनगढी : सुदूरपश्चिममा थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघको प्रारम्भिक भेला सम्पन्न भएको छ ।
भेलाले नवजीवन सहकारी संस्थाका उपाध्यक्ष डा. गोविन्दराज जोशी को अध्यक्ष रहने गरी १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । हाल प्रदेशका ५० वटा सहकारी संस्थाको संघमा सहभागिता रहेको छ ।
सहकारी पसलहरुलाई थोक मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने उद्देश्यले थोक उपभोक्ता सहकारी स्थापना गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । संघले उत्पादक र उपभोक्तालाई गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

तदर्ग समितिको उपाध्यक्षमा उदयदेव सहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्द, महा–सचिवमा सङ्गम सहकारी संस्थाका सचिव मनमोहन विष्ट, सचिवमा प्रेम सिंह भाट, कोषाध्यक्षमा शान्ति सिंह शाही रहनुभएको छ ।
त्यसैगरी सदस्यमा क्रमशः डम्बर बहादुर शाह, शिवराज बिसी, सुरेन्द्र केसी, कलावती स्वार, प्रयागराज जोशी, ठक्कर खडायत, खडक विष्ट, पुष्पराज भट्ट, जगतराम चौधरी, दान बहादुर रावल रहनु भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार