सहकारीको विवरण पेश गर्ने समय ७ दिन बाँकी
हेटौंडा : बागमती प्रदेश सरकारको नियमनमा रहेका सहकारी संघ संस्थाले वार्षिक विवरण पेश गर्ने समयअवधि एक साता मात्र बाँकी रहेको छ । माघ मसान्त सम्ममा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने समय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको छ ।
आफ्नो क्षेत्राधिकारमा रहेका सहकारी संघ/संस्थालाई हरेक आर्थिक वर्षको माघ मसान्त सम्ममा वार्षिक विवरण पेश गर्न सूचना जारी गरेको हो ।
मन्त्रालयले नियमितरुपमा साधारण सभाको विवरण पेश नगर्ने सहकारी संघ/संस्थालाई प्रत्येक आर्थिक वर्षको ३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । साथै नियमित लेखा परीक्षण नगर्ने, कर चुक्ताको प्रमाण पत्र नलिने र साधारण सभा नगर्ने सहकारी संघ संस्थाहरुलाई ३ हजार रुपैयाा देखि ५ हजार रुपैयाँ सम्म जरिवना गर्ने जनाएको छ ।
प्रदेश मन्त्रालयले जारी गरेका ऐन कानुनको पालना नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।
लगातार ३ आर्थिक वर्ष सम्म आफ्नो विवरण पेश नगर्ने सहकारी संघ/संस्थाको दर्ता समेत खारेजी गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार