
रुपन्देही : तिलोत्तमा नगर पालिकामा रहेका ९ वटा सहकारी संस्थाहरु एकिकरण हुने भएका छन् । ७ वटा बचत तथा ऋण र २ वटा बहुउद्धेश्यीय प्रकृतिका सहकारी एकीकरण भई बचत तथा ऋण सहकारी संस्था बनाउने घोषणा गरिएको छ।
बुधबार एकिकरण संझौता हस्ताक्षर समेत भएको छ । ९ वटै सहकारी संस्थाहरुको सञ्चालक समितिको संयुक्त बैठकले एकिकरण कार्य सम्पन्न गर्न भरत भूसालको संयोजकत्वमा ११ सदस्यीय एकिकरण कार्यदल गठन गरि एकिकरण कार्य सम्पन्न गर्न अख्तियारी प्रदान गरेको छ । आदर्श बहुमुखी, आधारभूत बचत, जन्मभूमि बहुउद्धेश्यीय, नौकट्टी बचत, स्विकृती बचत, दयालु बचत, लोककल्याण बचत, धरती बचत र समावेशी कल्याण बीच एकीकरण हुन लागेको हो ।
कार्यदलले सम्पूर्ण प्रकृया पुरा गरी १ महिना भित्रै एकिकरण कार्यको कानूनी प्रकृया शुरु गर्ने जनाइएको छ ।
एकिकरण कार्यदलमा संयोजक भरत भूसाल, सदस्यहरुमा देवानन्द पाण्डेय, कृष्णप्रसाद अर्याल, डा।मुरारी पराजुली, चक्र पाठक, बिष्णुप्रसाद भण्डारी, बिष्णुप्रसाद पाण्डेय, टिकाराम न्यौपाने, देवप्रसाद गुरुङ, बिष्णुबहादुर बराल, माधवप्रसाद पाण्डेय चयन हुनु भएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार