रुपन्देहीका ९ वटा सहकारी एकीकरण हुँदै
रुपन्देही : तिलोत्तमा नगर पालिकामा रहेका ९ वटा सहकारी संस्थाहरु एकिकरण हुने भएका छन् । ७ वटा बचत तथा ऋण र २ वटा बहुउद्धेश्यीय प्रकृतिका सहकारी एकीकरण भई बचत तथा ऋण सहकारी संस्था बनाउने घोषणा गरिएको छ।
बुधबार एकिकरण संझौता हस्ताक्षर समेत भएको छ । ९ वटै सहकारी संस्थाहरुको सञ्चालक समितिको संयुक्त बैठकले एकिकरण कार्य सम्पन्न गर्न भरत भूसालको संयोजकत्वमा ११ सदस्यीय एकिकरण कार्यदल गठन गरि एकिकरण कार्य सम्पन्न गर्न अख्तियारी प्रदान गरेको छ । आदर्श बहुमुखी, आधारभूत बचत, जन्मभूमि बहुउद्धेश्यीय, नौकट्टी बचत, स्विकृती बचत, दयालु बचत, लोककल्याण बचत, धरती बचत र समावेशी कल्याण बीच एकीकरण हुन लागेको हो ।
कार्यदलले सम्पूर्ण प्रकृया पुरा गरी १ महिना भित्रै एकिकरण कार्यको कानूनी प्रकृया शुरु गर्ने जनाइएको छ ।
एकिकरण कार्यदलमा संयोजक भरत भूसाल, सदस्यहरुमा देवानन्द पाण्डेय, कृष्णप्रसाद अर्याल, डा।मुरारी पराजुली, चक्र पाठक, बिष्णुप्रसाद भण्डारी, बिष्णुप्रसाद पाण्डेय, टिकाराम न्यौपाने, देवप्रसाद गुरुङ, बिष्णुबहादुर बराल, माधवप्रसाद पाण्डेय चयन हुनु भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार