
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गरेको छ । बिशेष गरी महिलाहरुमा हुने स्तन तथा पाठेघरको क्यान्सर रोगको बारेमा सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रम कास्कीको दुर्गम तथा पर्यटकीय गाँउ सिक्लेस लगायत खिलाङ र तप्राङमा ३ दिन सम्म संचालन भएको थियो । नेपाल अर्बुध रोग निवारण संस्था, कास्की शाखाको प्राबिधिक सहयोगमा कार्यक्रम भएको थियो ।
स्तन तथा पाठेघरको क्यान्सर बढी हुने अवस्था, यसका लक्षण के के हुन? कसरी पत्ता लगाउन सकिन्छ ?, बढी क्यान्सर रोग लाग्ने कारणहरु ?, हालसम्म थाहा नभएता पनि क्यान्सर रोग लाग्नका लागी एक वा धेरै कारकतत्वहरु हुन सक्छन्, यसका प्रारम्भिक लक्षणहरु क्यान्सरको रोगथाम तथा नियन्त्रणक्यान्सरका कारक तत्वहरुवाट बच्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । क्यान्सर रोगको उचित सयममा उचित उपचार गर्न सकिएमा निको पार्न सकिन्छ भन्ने लगाएत बिभिन्न कुराको जानकारी गराइएको थियो ।
कार्यक्रममा मादी गाँउपालिका वडा नं ६ का वडाध्यक्ष पस बहादुर बांस्तोलाले सहकारीले ग्रामणि क्षेत्रमा बचत गर्ने बानीको बिकास गराएको, राहात बितरण गरेको र यस प्रकारका सामाजिक उत्तरदायीत्वका कार्यले वडा कार्यलय र सहकारीको सहकार्यले अन्य कार्यक्रम पनि संचालन गर्न सकिने बताउनुभयो । वडा नं. १ का वडाध्यक्षले यस गाँउमा पोखरा रोयल साकोसले सामाजिक उत्तर दायित्वका बिभिन्न कार्यक्रम गरिरहेको बताए । यस महत्वपुर्ण कार्यक्रमले महिलाहरुमा सकरात्मक प्रभाव पर्ने र क्यान्सर सम्वन्धि सचेत रहने बताउनुभयो ।
पोखरा रोयल साकोसका सचिव क्या. चन्द्र प्रसाद गुरुङ को अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले सहकारीले बचत तथा ऋणको कार्य मात्र नगरी आफना सदस्यको जन्म देखी मृत्यु सम्ममा पर्ने सामाजिक उत्तरदायित्वका कार्य पनि गर्ने बताउनुभयो । सचेतना कार्यक्रम नेपाल अर्बुध रोग निवारण संस्था, कास्की शाखाका सभापति प्रेम बहादुर भुजेल उपसभापति नारायण पराजुली र सहकोषाध्यक्ष कृष्ण मानन्धरले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४०० बढी महिलाको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार