
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुखविदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाकाअध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ४७एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
अभिलेख
लोकप्रिय

नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबारRecent Posts

सहकारी विभागको रजिष्ट्रारमा ऋषि तिवारी
१३ फाल्गुन २०७७, बिहीबार
विकूका सदस्यले ९ प्रतिशतमै कर्जा पाउने
१३ फाल्गुन २०७७, बिहीबार
सहकारी बैंकलाई ७ वटै प्रदेश शाखा खोल्न स्वीकृति
१३ फाल्गुन २०७७, बिहीबार