जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
काठमाडौं : जेष्ट बचत तथा ऋण सहकारी संस्था र ज्योती लाईफ इन्स्योरेन्स बीच सदस्यहरुको ‘सामुहिक म्यादी जीवन बिमा’ गराउने सम्झौता भएको छ ।
संस्थाका सम्पूर्ण सदस्य र कर्मचारीहरुको बिमा गर्ने गराउने गरी सम्झौता भएको हो । उक्त सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुसुदन पाठक र इन्स्योरेन्स कम्पनीको तर्फबाट बिशाल विक्रम शाहले हस्ताक्षर गर्नुभएको छ ।

अब जेष्ट बचतबाट ऋण सदस्यहरुको म्यादी बीमा हुनेछ । संस्थाबाट कर्जा सुविधा लिनेहरुको जीवनमा आइपर्ने अकल्पनीय क्षतिको रक्षावरण हुने विषय बीमामा समाविष्ट गरिएको छ ।
सहमति अनुसार सदस्यहरुको असामयिक निधन भएमा किरिया खर्च बिमाङ्क रकमको १० प्रतिशत वा २ लाखसम्म उपलब्ध गराईने छ । ऋणी सदस्यको मृत्युभएमा बिमाङ्कको शत प्रतिशत भुक्तानी कम्पनीले गर्नेछ ।
त्यस्तै दुर्घटनामा बिमितको मृत्यु भएका बिमाङ्कको २ सय प्रतिशत, दुर्घटनाको कारण पूर्ण स्थायी रुपमा अशक्त भएका बिमाङ्कको १ सय प्रतिशत, दुर्घटनाको कारण आंशिक अशक्त भएमा वा अंगभंग भएमा बिमाङ्कको ४ देखि १ सय प्रतिशत सम्म रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार