
काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अघि बढेको छ । आईतबार संघीय सहकारी विभागमा नेपाल सहकारी बैंक दर्ताको लागि फाईल पेश भएको छ ।
प्रस्तावित बैंकको तदर्थ समितिले बैंक दर्ता गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गरेर आज सहकारी विभागमा फाईल पेश गरेको हो ।
प्रस्तावित बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा आज गएको पदाधिकारीको टोलीले विभागमा फाईल पेश गरेको हो ।
हाल सहकारी क्षेत्रमा क्रियाशील बैंकले सबै सहकारीकमीहरुलाई समेट्न नसकेकाले नयाँ बैंक स्थापना गर्नका लागि प्रकृया अगाडि बढाएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रस्तावित बैंकको दर्ता फाईल बुझ्दै विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले फाईलको अध्ययन गरेर कानुन बमोजिम प्रकृया अगाडि बढाउने बताउनुभयो ।
यसअघि प्रस्तावित बैंकको माघ १७ गते सम्पन्न भएको प्रारम्भिक भेलाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय तदर्थ संचालन समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गर्दै बैंक दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार