दीपेन्द्र राउत
चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेसँगै कति सहकारी संस्था बन्द गरिए । कति सहकारी संस्थाले निरन्तर सेवा दिदै आएका छन् । सदस्यबाट सानो सानो रकम संकलन गरी सदस्यहरुलाई नै ऋण लगानी गर्दै व्यवसायमा पुँजी निमार्ण सहकारीले गरी दिएको छ । व्यापारलाई बढाउँदै दैनिक साँवा–व्याज तिर्दै आफ्नो आय आर्जन बढाउँदै दैनिकी चलाई रहेका सदस्यहरुको व्यवसाय आज बन्द छ । व्यवसाय बन्दहुँदा ऋण कसरी तिर्ने भन्ने विषयमा सदस्यहरु चिन्तित छन् । सहकारी संस्थाले प्रत्यक्ष दैनिकी सदस्यसँग भेटघाट गर्ने, बचत संकलन गर्ने, कर्जाको विषयमा जानकारी लिने नै हो । सदस्यहरु सँगको प्रत्यक्ष भेटले सम्बन्ध प्रगाढ बनेको हुन्छ । सदस्यहरुको क्षमता विकास, व्यवसायमा थप पुँजी, व्यवसायको प्रर्वधन, बचत गर्ने बानीको विकास, ऋण प्रति सचेतना लगायतका कार्य सहकारीले सदस्यहरु माझमा गर्दै आएको छ । सदस्य र संस्था प्रतिको सम्बन्ध एउटा परिवार भित्रको सम्वन्ध जस्तै हुने गर्दछ । सदस्यहरुको सुख र दुःखमा संस्था प्रत्यक्ष संम्लग्न हुने गर्दछ । लकडाउनले सदस्यहरुलाई प्रत्यक्ष असर परेको आम सहकारीकर्मीहरुको बुझाई रहेको छ ।
सहकारीका सदस्यहरु भनेका शहर बजारमा दैनिकी व्यवसाय या ज्याला मजदुरी गरेर आफ्ना परिवारको दैनिकी गुजार्ने आम नागरिक रहेका छन् । विपन्न मजदुर र व्यवसायले नै आफ्नो गुजारा चलाउने मानिस सहकारी संस्थाका सदस्य भएका हुँदा यो अवस्थामा आफ्ना सदस्यहरु मारमा रहेको महसुस गरी धेरै सहकारीहरुले स्थानिय सरकारसँग समन्वय गरी राहात सामाग्री समेत वितरण गरेका छन् । विश्वभरि फैलिएको यो माहामारी सँगै आर्थिक क्षेत्रमा यसले धेरै नै प्रभाव पार्ने दाबी अर्थशास्त्रीहरुको छ । महामारीको त्रास सँगै वित्तीय अवस्थामा पनि प्रभाव पार्न सक्ने अडकल बाजि चलेको छ । विश्वभरि फैलिएको यो माहामारीले गर्दा विकसित देशका बैक वित्तीय अवस्थामा के असर पर्यो होला भनेर अध्ययन गर्दा यसले बैक तथा वित्तीय अवस्थामा खासै प्रभाव पारेका पाईदैन् न कुनै समाचार नै पढन पाईयो । बस यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा बढी चिन्तित रहेको पाईन्छ । तर, हाम्रो देशमा यो महामारी फैलिएसँगै देशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था एकदम कमजोर रहेको पाउन सकिन्छ । कारण के होला ? बैंक वित्तीय संस्थाहरुलाई तरलता मेन्टेन गर्न गाह्रो भएको भनाई छ । आखिर किन हाम्रो देशमा यस्तो अवस्था आउँछ ?कुनै पनि अवस्था असहज हुने वित्तिकै हरेक क्षेत्रमा अभाव सृजना भै हाल्ने यो देशको विडम्वना ! खाद्यान्नको अभाव ! तेलको अभाव ! पैसा÷तरलताको अभाव ! के साँच्चै यो अभाव भएको हो त ? की आफै मानिसले अभाव सृजना गर्छन की आवश्यक भन्दा बढी संचित गरेर अभाव सृजना भएको हो ? पक्का पनि हाम्रो सोंचले गर्दा अभाव सृजना हुने गर्दछ । आफ्नो आवश्यकता भन्दा बढी जे पनि संचित गर्न हामी लालाहित हुन्छौं । अरुलाई कुनै मतलब छैन आफु चाँही बाँच्नु पर्यो । अरुलाई भए नभए पनि आफुलाई पर्याप्त हुनु पर्यो । खाद्यन्न सामाग्री होस् या तेल होस् या बैक वित्तीय संस्थामा राखेको पैसा होस् । सबै नै निकालेर आफुले सिरानीमा राख्नु पर्ने हाम्रो मानसिकता रहेको छ । महामारीको त्रासमा आम नागरिक रहेका छन् ।
घर घरमै सुरक्षित बस्नु पर्ने अवस्थामा हामी छौं । बैंक तथा वित्तीय संस्थाहरु पनि सुरक्षित कसरी रहने भन्ने विषयमा रहेका छन् । अझ यो महामारी फैलन सक्ने कारण नगद कारोबार पनि हो भनेर भनि रहँदा हाम्रो देश जहाँ ९५ प्रतिशत नगदको नै कारोबार हुने हुँदा पैैसाबाट संक्रमित हुने जोखिम उच्च मानिएको छ । लकडाउन बढे सँगै हरेक क्षेत्रमा समस्या रहेको छ भने उच्च जोखिम बैंक तथा वित्तीय संस्थामा रहेको छ । यो लकडाउनमा मानिसलाई कसरी गर्जो टार्ने अवस्था छ भने बैंक तथा वित्तीय संस्थालाई ऋणीबाट ऋण कसरी असुली गर्ने भन्ने चिन्ता बढेको छ । म विगत ९ बर्षदेखि सहकारी संचालक भएर प्रत्यक्ष सदस्यहरु माझमा रहँदा यो बेलामा सदस्यहरुलाई कसरी राहात प्रदान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भए । सदस्यहरुलाई लगानी गरिएको ऋणका बारेमा सदस्यहरु स्वंयम नै चिन्तित भएको पाँए । सर, ‘यो प्रतिकुल अवस्थाले गर्दा हामीले भाकामा ऋण तिर्न सकेका छैन तर हामी तिर्ने छौं भनेर सदस्यहरुले मलाईभन्दा मैले आफैले भन्नु पर्यो यो बेला ऋणको भन्दा आफ्ना परिवारलाई सुरक्षित राख्न चिन्तित रहनु, आफु सुरक्षित रहनु भन्दै सदस्यलाई सम्झाउँदा ति सदस्य प्रति गर्व महसुस गरे । सदस्यहरुको पैसा सदस्यहरुमै लगानी गर्दै सदस्यहरु कै जीवनस्तर वृद्घि गर्नु सहकारीको काम हो । काठमाडौं, नेपालगञ्ज, दमक लगायतका सहकारीकर्मी साथीहरु सँग पनि निरन्तर सम्पर्कमा रहे । नियामक निकाय, छाता संगठनले पनि यो बेलामा सहकारी संस्थाहरुलाई सेवा दिन सुसुचित गर्दै आएको छ । उहाँहरु सँग पनि कुरा हुँदा उहाँहरु आफ्ना सदस्यहरुलाई कसरी सुरक्षित गराउने भन्ने बारेमा चिन्तित रहेको पाए । आफ्नो भन्दा पनि सदस्यहरुको चिन्ता लिएको महसुस मैले गरे । सदस्यहरु नै नरहे संस्था कहाँ रहन सक्छ । सदस्य बिना संस्था रहन सक्दैन भन्ने भाव मैले उहाँहरुमा पाए जुन भाव मेरो पनि थियो । आपत् विपतमा सदस्यसँग निरन्तर सम्पर्कमा रहने । सदस्यहरुलाई परेको अप्ठेरोमा सहयोग गर्नु संस्थाको मुल ध्येय यो बेलामा बनिनु समग्र सहकारी क्षेत्रको गरिमा मान्नु पर्छ ।
बैंक वित्तीय संस्थाले आफ्नो स्वार्थमा काम गरी रहँदा सहकारी संस्थाले सदस्यहरुकोे घर घरमा गएर राहात वितरण गर्नु, सदस्यहरुको समस्यालाई समाधान गर्र्नु, खाद्यान्नको अभावमा सहजिकरण गर्नु, घरघरमै खाद्यान्न पुर्याई दिनु, बचत रकम घर घरमा पुर्याएर सदस्यहरुलाई सुरक्षित रहन सुझाव दिनुले पनि सदस्यहरुलाई सहकारीको सदस्य भएकोमा गर्व लागेको प्रतिकृया सदस्यहरुको छ । यो अवस्थामा मलाई नै बैंकले चार पटक ऋणको ताकेता गर्यो । मेरो अवस्थाको बारेमा महत्व छैन तर ऋणको बारेमा मलाई पटक पटक फोन आई रह्यो । संस्थाको कारोबार पनि उही बैंकमा एक पटकमा संस्थालाई नगद एक लाखसम्म मात्र नगद उपलब्ध गराउने अनि त्यसै बैंकमा ऋणको किस्ता जति तिनु पर्ने त्यति नै बुझाउनु पर्ने । सायद हामी ग्राहक भएर होला । सदस्य र संस्थाको सम्बन्ध भन्दा बैंक र ग्राहकको सम्वन्ध भिन्न हुने । यो अवस्थामा हामी सदस्यहरुसँग प्रत्यक्ष सम्पर्कमा रहयौ हामी मात्र हैन सायदै धेरै सहकारी संस्थाहरुले सदस्यहरुको अवस्थामा चिन्ता र चासो राखे होला । कति ठाँउमा प्रत्यक्ष पुगे होला त कति ठाँउमा फोन, एसएमएस लगायतका विभिन्न माध्यमबाट सम्पर्कमा रहे होला ।
तर, बैंकले आफ्ना ग्राहकलाई गरे जस्तो व्यवहार गरेनन् होला भन्ने मेरो बुझाई छ । सहकारी संस्था नाफा मुखीभन्दा सेवामुखी बन्नु पर्छ । तर बैकहरु भनेका नाफा मुखी मात्रै हुन् । सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सेवा दिदै आएका छन् निरन्तर कार्यलय खोलेर होस् या घरघर मापुगेर होस् । सदस्यहरुको सेवामा कुनै कमी गरेका छैनन् । यो लकडाउनमा पुलिसको लठ्ठी खाँदै, लुक्दै भए पनि कर्मचारीहरु कार्यालयमा उपस्थिती भएका छन् । धेरै संस्थाहरु यो लकडाउन सँगै कार्यलय खोलेर संचालनमा पनि आए । बैंक र ग्राहकको सम्बन्ध भनेको पैसाको कारोबार गरेका दिन सम्ममात्र रहन्छ तर सहकारी र सदस्यहरुको सम्बन्ध पैसामा मात्र रहँदैन । संस्थामा जोडिएपछि गरेका गतिविधिले जन्म, मृत्यु, रोेग, दुःख सुख सबै पलमा रहने गर्दछ । लकडाउनले बैंक वित्तीय संस्थालाई आर्थिक गतिबिीधमा अप्ठेरो पर्ला तर सहकारी संस्थाहरुलाई खासै अप्ठेरो अवस्था आउँदैन किनकी सदस्यहरुको विश्वास र भरोसामा नै सहकारी चलेको हुन्छ । संचालकहरुको निगरानी, कर्मचारीकोको मिहेनत र सदस्यहरुको विश्वास र भरोसाा नै सहकारी संस्थाको मुल आधार हो ।
सहकारी क्षेत्र भनेकै विपत्ति, महामारीको उपज भएको हुँदा सहकारी संस्थाले यस्ता बेलामा उल्लेख्य योगदान रहने गर्दछ । यो महामारीमा मात्र हैन सहकारीको इतिहास नैै विपत्ति माहामारीबाट शुरुवात भएको पाईन्छ । सहकारी संस्थाले यो बेलामा गरेको योगदान उल्लेखनिय छ । सरकारसँग हातेमालो गदै विपत्ति र महामारीमा आम नागरिकको जीवनलाई सुरक्षित गराउनु । न्युन आय भएका विपन्न परिवारलाई राहात सामाग्रि उपलव्ध गराउनु, रोकथामको उपायमा सदस्यहरुलाई सुसुचित गराउनु, आर्थिक, सामजिक र साँस्कृतिक क्षेत्रमा सहकारीको योगदान उच्च रहेको छ । राज्यले के गर्यो, के गरेनभन्दा पनि हामीले आफ्ना सदस्यहरुलाई यो अवस्थामा सहयोग गर्रौं । चिन्ता र चासो राखौं । बैंकका हामी ग्राहाक हौं । तर, हामी हाम्रा सदस्यहरुलाई सदस्य सम्झांै । परिवारको एक अंग सम्झौं । सम्मान गरौं । सहयोग गरौं । शिक्षित बनाऔं । सहकारीको महत्व बुझाऔं । सहकारीको मुल मर्म एकका लागि सबै सबैका लागि एकलाई सार्थक पारौं ।
जय सहकारी ।
(लेखक शिखर साकोस, बिर्तामोडका अध्यक्ष हुनुहुन्छ)