
काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ माघ ११ गते दर्ता भई सञ्चालनमा आएको मेगा ड्रिम हाल काठमाडौंकै उत्कृष्ठ सहकारी संस्थाको परिचय बनाएको छ ।
स्थापना कालमा बचत तथा ऋण सहकारीको रुपमा रहेको संस्था २०७२ सालबाट उद्देश्य परिवर्तन भई बहुउद्देश्यीय कायम भएको हो । ५ लाख पूँजीबाट सुरु भएको मेगा ड्रिमको चुक्ता पूँजी १४ करोड पुगेको छ । संस्थाको कुल वासलात १ अर्ब ७० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले जानकारी दिनुभयो ।
संस्थामा ११ हजार सदस्य आवद्ध भएका छन् । संस्थाको प्रधान कार्यालय बालाजु माछापोखरी सहित चावाहिल, जोरपाटी, न्युरोड, कालिमाटी सेवाकेन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाबाट १ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
११ औं वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंको थानकोटमा सदस्य सेवा केन्द्र विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत गेलालले जानकारी दिनुभयो । केही दिनभित्रै सेवा केन्द्रबाट सेवा सुरु गर्ने बताउनु भयो । संस्थाले बचत तथा ऋणको काम गर्दै अन्य बहुउद्देश्यीय काम गर्ने तयारी समेत गरेको बताउनुभयो । ‘हामी बहुउद्देश्यीय परियोजनाको खोजीमा छौं’, गेलालले भन्नुभयो, ‘उपयुक्त परियोजनामा संस्थाबाट लगानी गर्ने छौं ।’
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार