
दोलखा : बैतेश्वर गाउँपालिकामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । संस्थाले मेलुङ गाउँपालिका– ३, सेवा केन्द्र विस्तारको क्रममा घयाङसुकाटोकरमा सहकारी शिक्षा तालिम सम्पन्न गरेको हो ।
सहकारी शिक्षाको साथै संस्थाले सम्भाव्यता अध्यन पनि गरेको संस्थाका अध्यक्ष हेमन्त चौलागाईले बताउनुभयो ।
संस्थाले समुदायको राय सल्लाह र माग अनुसार नै सेवा केन्द्र विस्तार गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताउनुभयो ।
सहकारी शिक्षा तालिममा ६० जानाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भीम दहालले प्रशिक्षण दिनु भएको थियो । सहकाररुी शिक्षाको महत्व र बचत गर्दाको फाईदाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संस्था अध्यक्ष हेमन्त चौलागाई, उपाध्यक्ष स्वास्थानी कुँवार र संस्थाका सह सचिव शिवराम ढकालको सहभागिता थियो ।
प्रमुख कार्यकारी अधिकृत दहालका अनुसार हाल संस्थाले १४ वटा सेवा केन्द्रबाट ३२ हजार शेयर सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । जनसचेतन साकोसको कुल वासलत १ अर्ब ७६ करोड रहेको छ ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

१५ प्रतिशत लाभांश घोषणा गर्दै चण्डेश्वरी साकोसको ३१औं साधारण सभा सम्पन्न
८ आश्विन २०८०, सोमबार
असोज २५ र २६ गते लेखा समितिको राष्ट्रिय गोष्ठी गर्दै सहकारी बैंक, रजिस्ट्रेसन खुला
८ आश्विन २०८०, सोमबार