हाम्रो साकोसको सेवा केन्द्र चापागाउँ र गोटिखेलमा, वित्तीय सेवा लिन सदस्यलाई अझै सहज

ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २ वटा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले चापागाउँ र गोटिखेलमा सेवा केन्द्र विस्तार गरेको हो ।
फागुन ७ गते (शुक्रबार) चापागाउँ सेवा केन्द्रको उद्घाटन बागमती प्रदेशका सांसद चेतनाथ सञ्जेलले गर्नुभएको थियो । त्यस्तै फागुन ८ गते (शनिबार) गोटिखेल सेवा केन्द्रको उद्घाटन महाकांल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले गर्नुभएको थियो ।
संस्थाको मुख्य कार्यालय ललितपुर महानगरपालिका–६ प्रयागपोखरीमा रहेको छ ।
२०७६ मंसिर ३० गते हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोस बीच एकीकरण भई हाम्रो साकोस कायम भई एकीकरण भएको थियो ।
२०७७ असार मसान्तसम्म संस्थामा ५ हजार ४ सय ३० जना सदस्य रहेको छ । संस्थाको सेयर पूँजी १४ करोड ६ लाख, बचत ९७ करोड ५३ लाख, कर्जा १ अर्ब ५ करोड ८० लाख रहेको छ । संस्थाको २२ औं वार्षिक तथा एकीकृत साधारण सभा मंसिर १३ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार