२३ वर्षमा हाम्रो साकोस, गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्न संस्था प्रतिबद्ध

ललितपुर : ललितपुर महानगरपालिका–६ प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था २३ औं वर्षमा प्रवेश गरेको छ ।
२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई सञ्चालनमा आएको संस्थाले सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले मुख्य कार्यालय र दुई वटा सेवा केन्द्र ललितपुरको चापागाउँ र गोटिखेलबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । काठमाडौंको बालाजुमा थप एक वटा सेवा केन्द्र व्यवस्थापन हुँदै गरेको छ ।
२०७६ मंसिर ३० गते हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोस बीच एकीकरण भई हाम्रो साकोस कायम भई एकीकरण भएको थियो ।
संस्थाले अत्याधुनिक वित्तीय सेवा, ट्यवलेट बैंकिङ,मोबाइल बैंकिङ, रेमिट्यान्स सेवा, लघुवित्त कार्यक्रम, सदस्य स्वास्थ्य सेवा लगायतका सेवा सदस्यलाई प्रदान गर्दै आएको छ । सदस्यलाई गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले बताउनुभयो ।
२०७७ असार मसान्तसम्म संस्थामा ५ हजार ४ सय ३० जना सदस्य रहेको छ । संस्थाको सेयर पूँजी १४ करोड ६ लाख, बचत ९७ करोड ५३ लाख, कर्जा १ अर्ब ५ करोड ८० लाख रहेको संस्थाका प्रबन्धक इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाको २२ औं वार्षिक तथा एकीकृत साधारण सभा मंसिर १३ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार