२३ वर्षमा हाम्रो साकोस, गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्न संस्था प्रतिबद्ध
ललितपुर : ललितपुर महानगरपालिका–६ प्रयागपोखरीमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था २३ औं वर्षमा प्रवेश गरेको छ ।
२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई सञ्चालनमा आएको संस्थाले सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले मुख्य कार्यालय र दुई वटा सेवा केन्द्र ललितपुरको चापागाउँ र गोटिखेलबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । काठमाडौंको बालाजुमा थप एक वटा सेवा केन्द्र व्यवस्थापन हुँदै गरेको छ ।
२०७६ मंसिर ३० गते हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोस बीच एकीकरण भई हाम्रो साकोस कायम भई एकीकरण भएको थियो ।
संस्थाले अत्याधुनिक वित्तीय सेवा, ट्यवलेट बैंकिङ,मोबाइल बैंकिङ, रेमिट्यान्स सेवा, लघुवित्त कार्यक्रम, सदस्य स्वास्थ्य सेवा लगायतका सेवा सदस्यलाई प्रदान गर्दै आएको छ । सदस्यलाई गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले बताउनुभयो ।
२०७७ असार मसान्तसम्म संस्थामा ५ हजार ४ सय ३० जना सदस्य रहेको छ । संस्थाको सेयर पूँजी १४ करोड ६ लाख, बचत ९७ करोड ५३ लाख, कर्जा १ अर्ब ५ करोड ८० लाख रहेको संस्थाका प्रबन्धक इन्द्र घिमिरेले जानकारी दिनुभयो । संस्थाको २२ औं वार्षिक तथा एकीकृत साधारण सभा मंसिर १३ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार