३ कराेड लगानीमा शिव शिखर सहकारीले खाेल्याे तुलसीपुरमा तेस्राे मार्ट
दाङ, १७ कात्तिक
तुलसीपुरकाे बाहिनी चाेकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले तेस्राे मार्ट सञ्चालनमा ल्याएकाे छ । संस्थाले तीन करोडको लागतमा ‘गार्डेन मार्ट’ साेमबारबाट सञ्चालनमा ल्याएकाे हाे ।
मुख्य कार्यालय भक्तपुरमा रहेकाे सहकारीकाे सेवा केन्द्रसंगै तुलसीपुरमा मार्ट सञ्चालन गरेकाे हाे । जिल्लाका सबै क्षेत्रका उपभोक्तालाई सहज र सुलभ रूपमा आवश्यक सामग्री उपलब्ध गराउने तथा यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने मुख्य उद्देश्यका साथ गार्डेन मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएकाे छ ।
मार्टले हाल ५० जना बढीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको छ । मार्टमा उपकार ब्रान्डका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू उपलब्ध छन् । त्यो बाहेक चामल, दाल, चिया, चकलेट, ध्यू, मह, जुस टिमुर लगायतका आफ्नै उत्पादन बजारमा सहकारीले बजारमा ल्याउने छ ।
त्यस्तै भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग, बाल खेलाउना, लुगा, पिय पदार्थ लगाएतका सम्पुर्ण सामाग्रीहरु बिषेश छुटका साथ उपलब्ध गराउने छ ।
सहकारीले पहिलो मार्ट डडेलधुरा, दोस्रो मार्ट भक्तपुरमा र तेश्रो मार्ट दाङको तुलसीपुरमा सञ्चालनमा ल्याएको हो । सहकारीले देशैभर सहकारी मार्ट सञ्चालन गर्ने याेजनाका साथ अघि बढेकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार