३ कराेड लगानीमा शिव शिखर सहकारीले खाेल्याे तुलसीपुरमा तेस्राे मार्ट

दाङ, १७ कात्तिक
तुलसीपुरकाे बाहिनी चाेकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले तेस्राे मार्ट सञ्चालनमा ल्याएकाे छ । संस्थाले तीन करोडको लागतमा ‘गार्डेन मार्ट’ साेमबारबाट सञ्चालनमा ल्याएकाे हाे ।
मुख्य कार्यालय भक्तपुरमा रहेकाे सहकारीकाे सेवा केन्द्रसंगै तुलसीपुरमा मार्ट सञ्चालन गरेकाे हाे । जिल्लाका सबै क्षेत्रका उपभोक्तालाई सहज र सुलभ रूपमा आवश्यक सामग्री उपलब्ध गराउने तथा यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने मुख्य उद्देश्यका साथ गार्डेन मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएकाे छ ।
मार्टले हाल ५० जना बढीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको छ । मार्टमा उपकार ब्रान्डका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू उपलब्ध छन् । त्यो बाहेक चामल, दाल, चिया, चकलेट, ध्यू, मह, जुस टिमुर लगायतका आफ्नै उत्पादन बजारमा सहकारीले बजारमा ल्याउने छ ।
त्यस्तै भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग, बाल खेलाउना, लुगा, पिय पदार्थ लगाएतका सम्पुर्ण सामाग्रीहरु बिषेश छुटका साथ उपलब्ध गराउने छ ।
सहकारीले पहिलो मार्ट डडेलधुरा, दोस्रो मार्ट भक्तपुरमा र तेश्रो मार्ट दाङको तुलसीपुरमा सञ्चालनमा ल्याएको हो । सहकारीले देशैभर सहकारी मार्ट सञ्चालन गर्ने याेजनाका साथ अघि बढेकाे छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार