
दोलखा : जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था (Ekikrit Friendship Saccos), जिरीले थप तीन वटा सहकारी एकीकरण गरेको छ । जिरीश्वरी महिला साकोस, भिभेश्वर नगरपालिका स्थित कुखुरा व्यवसायी साकोस र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका स्थित प्रिति साकोस बीच एकीकरण सम्पन्न गरेको हो ।
एकीकृत फ्रेण्डसिप साकोसले २०७१ साल पौष १६ गते विभिन्न उद्देश्यका ९ वटा सहकारी संस्थाहरु एकै साथ एकीकरण गर्न सफल भएको थियो । त्यस्तै २०७४ सालमा जिरी नगरभित्र रहेका थप २ वटा सहकारी संस्थाहरु एकीकरण गरेको थियो ।
संस्थाको दर्ता नं. ३०१/०४९–५० कायम गर्दै माघ २९ गते बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृत प्राप्त गरेको छ ।
हाल संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका र रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकाको १, २, ३ र ४ वडा रहेको थियो । हाल संस्थाको संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका र भिमेश्वर नगरपालिका साथै रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका समेत कार्यक्षेत्र थप गरेको छ ।
हाल संस्थाले मुख्य कार्यालयसहित जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिकामा समेत गरी ९ वटा स्थानहरुबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले भिमेश्वर नगरपालिका स्थित चरिकोट, गोकुलगंगा गाउँपालिकाको बेतालीमा र उमाकुण्ड गाउँपालिको प्रितिमा थप सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार