जनमुखी साकोसमा चुनावी सगर्मी, वर्तमान अध्यक्ष र पूर्व अध्यक्षबीच कडा प्रतिस्पर्धा

दोलखा : वैतेश्वर गाउँपालिका– ५ स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थामा चुनावी सगर्मी बढेको छ ।
संस्थाको आगामी कार्यकालको लागि सञ्चालक समिति र लेखा समितिको निर्वाचन माघ १७ तय भएको छ । माघ ३ गतेलाई निर्वाचनको मिति तोकेको भएपनि विभिन्न कारण देखाउँदै १७ गतेलाई सारिएको थियो ।
अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष सिताराम दहाल र पूर्व अध्यक्ष माधवप्रसाद दहालबीच प्रतिस्पर्धा हुने निश्चित ।
सिताराम दहाल दोलखा जिल्लाकै एक नमुना विद्यालयका सहायक प्रध्यानाध्यापक र क्याम्पसका शिक्षक हुन् भने पुर्व अध्यक्ष माधवप्रसाद दहाल बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै उपाध्यक्षमा वर्तमान लेखा संयोजक शंकर बस्नेत र पूर्व सञ्चालक समितिका सह–सचिव गिता कृष्ण शर्मा बीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सचिवमा लक्ष्मण चौलागाई, सह–सचिवमा विशाल गिरी र कोषाध्यक्षमा राजन के सी निरविरोध निर्वाचित भैसकेका छन् ।
त्यस्तै काब्रे, नाम्दु, दलित र जनजाति सदस्य पदको लागि पनि निर्वाचन हुनेछ । काब्रे सदस्यको लागि राजन कुमार दहाल, रविन दहाल, यम बहादुर घिमिरे र नाम्दु सदस्यमा कमल प्रसाद चौलागाई, नवराज खड्का र दधिराम घिमिरे बीच प्रतिस्पर्धा हुँदै छ । जनजाति सदस्यमा गिता भुजेल र झलक बहादुर भुजेल बीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै लेखा समितिमा पनि निरविरोध निर्वाचित भैसकेको छ । संयोजकमा प्रशान्त चौलागाई र सदस्यहरुमा तोयानाथ दहाल र प्रेम प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।
निर्वाचनको लागि मत पत्र छाप्ने काम सम्पन्न भएको निर्वाचन समितिका सदस्य मुक्तिप्रसाद दहालले जानकारी दिनुभयो । निर्वाचनको लागि सुरक्षा व्यवस्था पनि कडा पारीएको र स्थानिय प्रहरी, जिरीबाट पनि प्रहरीले सुरक्षा दिने बताउनु भयो ।
निर्वाचनमा १२ हाजार ५ सय शेयर सदस्यहरुले भाग लिने निर्वाचन समितिका सदस्य दहालले बताउनु भयो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार