
बागलुङ : पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गर्ने भएको छ । फागुन २३ गतेबाट सेवा केन्द्र सञ्चालनमा ल्याउने संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो । हुने खानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुने खाने बनाउने उदेश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै आएको उहाँको भनाई छ ।
१३ हजार ४ सय ४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी, एक अर्ब २७ करोड १६ लाख २५ हजार ६ सय ६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ ।
सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल,इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार