सहकारी महासंघका अध्यक्षलाई प्रश्नः कर्जा सुचना केन्द्र कहिले आउँछ ?

सहकारी संस्थाबाट ऋण लिने अनि नतिर्ने गरेको उदाहरण धेरै छन् । कर्जा सुचना केन्द्र नहुँदा यस्तो समस्या देखिएको छ । सहकारीमा कर्जा सुचना केन्द्र कहिले आउँछ ?
कर्जा सुचना केन्द्रको बारेमा सहकारी नियमावलीले ब्याख्या गरेको छ । कर्जा सुचना केन्द्र विशिष्टिकृत संघ बनाएर गठन गर्न सक्ने व्यवस्था छ । नियमावलीको आधारमा राष्ट्रिय सहकारी महासंघले छलफल गरेको छ । सहकारी मन्त्रालय, विभाग, विकास बोर्ड र महासंघका प्रतिनिधि बीच २÷३ पटक नै छलफल भैसकेको छ ।
संघ गठनको लागि विनियमावली पनि तयार गरीसकेका छौं । सरकारको पनि सहभागीतामा सुचना केन्द्र स्थापना गर्ने तयारीमा छौं । यसको तयारी भई रहेको छ । गठन पश्चात ऋण नतिर्ने सहकारीका सदस्य कालोसुचिमा राख्न सक्ने व्यवस्था हुन्छ । सम्बन्धीत सहकारी संस्थाको सिफारिसमा सुचना केन्द्रले कालोसुचिमा राख्न सकिने र हटाउन पनि सकिन्छ । स्थापनाको लागि महासंघको पहलमा काम भईरहेको छ ।
कहिलेसम्म कर्जा सुचना केन्द्र स्थापना होला ?
कम्तिमा २५ वटा संघ/संस्था मिलेर संघ गठन गर्न सकिने व्यवस्था छ । यसमा वित्तीय कारोबार गर्ने सबै सहकारी आवद्ध हुनुपर्दछ । दर्ता हुँदा २५ वटा भएपनि पछि बढ्दै जान्छ । प्रकृयामा अघि बढीसकेको छ । सकेसम्म छिट्टै संघ गठन हुनेछ र सोही संघले कर्जा सुचना केन्द्र सञ्चालन गर्दछ ।
अभिलेख
लोकप्रिय

जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबार
हुँदै नभएको कर्जा सूचना केन्द्रको धाक लगाउँदै सहकारी, कालो सूचिमा राख्ने भन्दै पत्रिकामा सूचना
३० आश्विन २०७७, शुक्रबारRecent Posts

विराटनगरको रारा साकोस आर्थिक संकटमा, कार्यालय बन्द गरी सञ्चालक सम्पर्कविहीन
१० माघ २०७७, शनिबार
विकूको प्रगति देखेर लोभ लाग्यो : महजोडी (भिडियो सहित)
१० माघ २०७७, शनिबार
