सिएमसी कास्कीद्वारा ऋण अधिकृतलाई क्षमता अभिवृद्धि तालिम, ३० जनाको सहभागिता

पोखरा : को-अपरेटिभि म्यानेजर्स क्लब (सिएमसी) कास्कीको आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा पोखरामा सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । आजबाट सुरु भएको तालिम ४ गतेसम्म सञ्चालन हुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।
तालिम कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको बताउनुभयो । सिएमसी कास्कीले स्थापना काल देखी नै सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सबै सहकारीकर्मीले यसको अनुसरण गर्नु पर्ने धारण राख्नु भयो ।
त्यसैगरी कोइरालाले आगामी दिनमा जिल्ला सहकारी संघले सिएमसी कास्कीसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका मानार्थ सदस्य एवं सहकारी विज्ञ भीम गुरुङ्गले क्लबले गरेका गतिविधिले गर्दा आज देशभर सिएमसीको खाँचो महशुश गरी थुप्रै सिएमसी क्लबहरु गठन भएको बताउनुभयो । गुरुङ्गले तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरणको लागि नेफस्कुनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र सुमन राज घिमिरेले सहजिकरण गर्नु हुनेछ । सिएमसी कास्कीका अध्यक्ष डम्मर सिंह बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरि प्रसाद पन्थीले गर्नु भएको थियो ।
‘व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता’ भन्ने मुल नाराका साथ २०७३ सालमा मीलन ढकालको अध्यक्षतामा क्वालिटी सर्कलको रुपमा स्थापित क्लवले थुप्रै तालिमहरु एवं गोष्ठीहरुको अयोजना गरेको छ ।
कल्बका अध्यक्ष डम्मर सिंह बस्नेतले सहकारी सम्बन्धी तालिमको लागि जस्तो सुकै प्राविधिक सहयोग पनि गर्न तयार रहेको बताउनुभयो । सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउनको लागि प्रारम्भिक सहकारी संस्थालाई हामी सहयोग गर्दै आएको बताउनुभयो ।
निकट भविश्यमा कास्कीका व्यवस्थापकहरु लाई लक्षित गरी तालिम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । हामीले सहकारीका ऐन नियमावली र नमुना नीति गरि ७०० पेजको पुस्तक समेत प्रकाशन गरिएको समेत अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार