७ कार्तिक २०७८, आईतवार

‘सिवाईसी साकोस सहकारी सिकाईको केन्द्र भएको छ’ (चण्डीप्रसाद शर्मा पौडेलको अन्तर्वार्ता)

१३ फाल्गुन २०७६, मंगलवार
‘सिवाईसी साकोस सहकारी सिकाईको केन्द्र भएको छ’ (चण्डीप्रसाद शर्मा पौडेलको अन्तर्वार्ता)

चण्डीप्रसाद शर्मा पौडेल, अध्यक्ष

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ

 

सहकारी क्षेत्रको यात्रा कहिलेबाट सुरु भयो ?

२०४९/०५० साल तिरबाट सहकारी क्षेत्रको यात्रा सुभारम्भ भयो । विकू र अ‍ैंचोपैंचो सहकारीको सदस्य त्यस समयमा भयो र त्यहीँबाट सहकारी यात्र सुरु भएको हो । त्यसपछि बागलुङमा एकता सहकारी संस्था स्थापना गरेका थियौं । त्यस सहकारी सिमित घेरैमा सिमित भयो । एकता सहकारी सहरमै केन्द्रित भयो । गाउँ गाउँमा जान सकेन । गरिब, विपन्न र पिछडिएको सहमुदायमा त्यस सहकारी जान सकेन । त्यसपछि ग्रामिण क्षेत्रमा कन्द्रित हुनुपर्छ भनेर सिवाईसी बचत तथा ऋण सहकारी स्थापना गरियो । २०६७ असोज २२ गतेबाट सिवाईसीले कारोबार सुभारम्भ गरेको हो ।

 

सिवाईसी स्थापनाको कारण के थियो ?

सिवाईसी सहकारीको परिकल्पना गर्दा देशभर २९ हजार संस्था थिए । २९ हजार सहकारीले जुन काम गर्दै आएका थिए सोही काम गर्न नयाँ सहकारी परिकल्पना गर्न आवश्यक थिएन । बागलुङ जिल्लामै २ सयको हाराहारीमा संस्था स्थापना भैसकेका थिए । सबै सहकारीभन्दा फरक र सहकारीको मुल्य मान्यता अनुसार काम गरौं भन्ने सोंचले सिवाईसी सहकारीको स्थापना गरेका हौं ।

 

कस्तो सहकारीको परिकल्पना गर्नु भएको थियो ?

त्यस समयमा गरिब, विपन्नलाई सहकारीले समेट्न सकेको थिएन । सहकारीको दर्शन आशमा नभई प्रयासमा बाँच्नु पर्दछ भन्ने हो । सदस्यलाई प्रयास गर्ने कुराहरु सहकारीले सिकाउन सकेको थिएन । वित्तीय योजना बनाउन सकेका थिएन । ऋण दिएर सदस्य धनी हुन्छन्भन्दा पनि बचत गर्न सिकाउनु महत्वपूर्ण कुरा थियो । पहिलो कुरा सदस्यलाई बचत गराउन सिकाउनु थियो । बचत गराउन सिकाउन सक्यौं भने ३० हजार रुपैयाँ कमाउन विदेशीनु पर्ने स्थिती रहँदैन । हाम्रो समाजिक मुल्य ह्रास हुँदै गएको छ र थियो । मान्छेहरु ठुलो बसेका छन् उनीहरुको मन फुटेको छ । आत्मियता पनि टुटेको छ । यी कुराहरु जोड्ने, सामाजिक पूँजीलाई अगाडी बनाउने भनेर फरक ढंगको काम गरेका हौं । हुने खानेको पैसा हुँदा खानेमा पु¥याउने सोंचले सिवाईसी जन्माएका हौं । अहिलेको समयमा पनि छरिएको पैसा एकिकृत गर्ने सोंचले अघि बढ्र्यौ भने सहकारीले सदस्यको आवश्यकता पुरा गर्न सक्दैन भन्ने हमीलाई लागेको थियो । पैसा हुनेबाट नहुनेकोमा पु¥याउने सोंचले सिवाईसी स्थापना गरेका हौं । सहजै संस्थाको सदस्यता प्रदान गर्दछौं । सदस्यलाई सहकारी बुझाउँछौं । बचत र ऋण मात्र नभएर क्रेडिट प्लसका कुराहरु सिकाउँछौं ।

अन्य सहकारी र सिवाईसी बीच फरक के छ ?

संस्था स्थापना कालदेखिनै हामी भिन्न काम गर्न खोजिरहेका छौं । हामी शहर केन्द्रित नभई दुर दराजमा जान खोजिरहेका छौं । अति विपन्न वर्गलाई सहकारीमा आवद्ध गराउने अभियान मै छौं । सदस्य केन्द्रित सहकारी हौं हामी । सदस्यको सुख दुःखमा हामी साथ दिन चाहन्छौं । संस्था स्थापना आवश्यकता महशुसनै त्यहीबाट भयो । अन्य सहकारीले जस्तो बचत तथा ऋणमा मात्रै केन्द्रिय हामी कहिल्यै भएका छैनौं । सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा हामी केन्द्रित छौं । सदस्यलाई आवश्यक तालिम, विभिन्न कार्यक्रम, शिप लगायतको सेवा हामीले प्रदान गरिरहेका छौं । दिउँसोमा मात्र नभई रातको समयमा समेत सेवा प्रदान गर्दै आएका छौं । रात्रीकालिन सेवा समेत संस्थाले प्रदान गर्दै आएको छ ।

रात्रीकालिन सेवाको कुरा गर्नुभयो । यस सेवाको बारेमा बताईदिनुस् न ?

बिरामी भयो भने रातीनै संस्थाले पैसा उपलब्ध गराउँछ । विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म अफिसबाटै सेवा प्रदान गर्दै आएका छौं । राती ७ बजेदेखि बिहान ७ बजेसम्म रात्रीकालिन सेवाबाट सेवा सदस्यले पाउँछन् । त्यससमयमा इमरजेन्सी र नियमित सेवा दुबै प्रदान हुन्छ । इमेरजेन्सी सेवामा बिरामी हुँदा पैसा पाउने, रगत आवश्यक परेमा पनि उपलब्ध हुन्छ । बिरामी पर्दा सदस्यले सेवाकेन्द्रबाट २५ हजार र मुख्य कार्यालयबाट २५ हजार तुरुन्तै पाउँछ ।

सहकारी सदस्य केन्द्रित भन्ने अनि सदस्यलाई अप्ठेरो परेको बेला साथ नदिने हो भने सहकारीको के काम । रातीको समयमा अप्ठेरो परेर पैसा आवश्यक परेको बेला भोली अफिस खुलेपछि आउनुस् भन्न मिल्दैना । त्यो अन्याय हुन्छ । हाम्रो संस्थामा अवलोक गर्न आउने सहकारीकर्मीहरुलाई रातको समयमा पनि अन्तरक्र्रिया गराउने व्यवस्था गरेका छौं । सदस्य बन्न पनि रातीको समयमा सक्म्छन् ।

संस्थाले के कस्ता कार्यक्रम सदस्यहरु बीच गर्दै आएको छ ?

संस्थाले बचत तथा ऋणका अलावा सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आएको छ । जस्तैः शेयर सदस्य तथा निजका आफान्तहरुको मृत्युमा अध्र्वदैहीक सुविधा, सुत्केरी पोषण सुविधा, छात्रवृति सुविधा, औषधि उपचार सुविधा, चौरासी पुजा सुविधा, सदस्य तथा सदस्यका आफान्त विरामी भै आपत विपत परेका बेलामा र संस्थाको अवलोकन भ्रमणमा आउनेहरुका लागि चौवीसै घण्टा सेवा प्रवाह गर्ने अभिप्रायले ३६५ दिन र रात्रीकालीन इमरजेन्सी कलिङ सेवा मार्फत सेवा दिदै आएको छ । त्यस्तै संस्थाले एकल महिलाहरुलाई मासिक पेन्सन सुविधा प्रदान गर्दै आएको छ । गर्भवती भएका सदस्यहरुको ४ पटकसम्म गर्भ परीक्षण गर्न जाँदा खर्च प्रदान गर्दै आएको छ । जेष्ठ नागरिक पेन्सन सुविधा, असल ऋण कारोवार गर्ने सदस्यहरुलाई असल ऋणी परिचय–पत्र (ग्रीन कार्ड) गर्दै आएको छ ।

सदस्यहरुलाई सहकारी बुझाउन, व्यवसायिक बनाउन, बचत गर्न सिकाउन कत्तिको सक्नु भएको छ ?

हामी अति विपन्न वर्गमा जान खोजिरहेका छौं । हामीले गर्ने मोडालिटी फरक बनाएका छौं । साविकका गाविसको वडाहरुमा गाउँ टोल समन्वय उपसमिति बनाएका छौं । त्यहाँ सदस्य भए पनि नभएपनि त्यस क्षेत्रका मानिसलाई सहकारी शिक्षा, वित्तीय साक्षरता दिने, सदस्य बन्न अनुरोध गर्ने काम गरिहरेका छौं । राजनीतिक दल भोट माग्न घर घर गएजस्तै सदस्य बन्न अनुरोध गर्दछौं । सिवाईसीको सदस्य बन्न मन नलागे कुनै न कुनै सहकारीमा आवद्ध हुन अनुरोध गर्दछौं । जुन संस्थामा भएपनि बचत गर्न सिकाउँछौं । हाम्रैमा सदस्य बन्नुस् भनेर भन्दैनौं । फजुल खर्च नगरेर बचत गर्ने बानी बसान्न सिकाउँदै आएका छौं । आम्दानीभन्दा खर्च कम गर्न अनुरोध गर्दछौं । ग्रामिण क्षेत्रमा सदस्य केन्द्रित र समुदायमा आधारित काम गर्दै आएका छौं ।

संस्थाबाट सदस्यहरु सन्तुष्ट छन् ?

११ हजार सदस्यमध्ये ६० प्रतिशत सदस्य पूर्ण रुपमा सन्तुष्ट छन् । हामीले हरेक वर्ष सर्वेक्ष गर्दै आएका छौं । संस्थामा सुझाव पेटीका, सर्वेक्षण फर्म संस्थामा राखेका छौं । त्यहाँबाट पनि सुझाव संकलन हुन्छ । सदस्यको सुझाव सञ्चालक समितिको बैठमा एजेण्डा बनेर जान्छ । छलफल हुन्छ । पारित पनि गरिन्छ । त्यसको जानकारी सदस्यलाई पनि गराउँछौं । सदस्य पनि खुसी हुन्छन् हाम्रो कुराको सुनुवाई हुँदो रहेछ भनेर । सदस्यको घर घरमा सर्वेक्षणको लागि समेत पठाउँछौं । संस्थाको कर्मचारी जाँदा सबै राम्रो मात्र भन्छन् भनेर बाहिरी मान्छे सर्वेक्षणमा पठाउने गरेका छौं ।

संस्थाको वित्तीय अवस्था र सदस्यहरुको आवद्धता बारे जानकारी गराईदिनुस् न ?

संस्था स्थापनाको समयमा २७ जना थियौं । ८० जनाको प्रतिव्यक्ति एक/एक लाखबाट सहकारीले कारोबार सुभारम्भ गरेको हो । हाल संस्थाको सदस्य ११ हजार जना पुगेको छ । संस्थाको ब्यालेन्स सिट १ अर्ब २५ करोड पुगेको छ । ११ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गरिरहेका छौं । सिवाईसीमा ५६ जना कर्मचारी छन् । करिब ६ करोड रुपैयाँ संस्थाको विभिन्न कोषहरुमा रहेको छ ।

सहकारी अभियान र सरकारी तबरबाट सहकारी एकिकरणको कुरा उठिरहन्छ । यसबारे तपाईंको धारणा के छ ?

सहकारीमा एकिकरण आवश्यक छ । हरेक संस्था सबल हुनु आवश्यक छ । सहकारी सदस्य केन्द्रित हुनै पर्दछ । सदस्यको हरेक समस्यामा सहकारीले साथ दिनु पर्दछ । सिवाईसी साकोस एकिकरणकै अभियानमा छ । केही समय भित्र देशभरका सबैभन्दा धेरै सहकारी एकिकरण गर्ने दर्जामा हामी पुग्दैछौं । हालसम्म ७ वटा सहकारी एकिकरण गरिसकेका छौं । २६ वटा सहकारी केही समय भित्रैमा एकिकरण गर्दै छौं । सबै सहकारीको साधारणसभाबाट पनि पारित भैसकेको छ ।

सिवाईसीमा सहकारीकर्मीहरु धेरै पुग्ने गरेका छन् नी ?

हामीले सदस्यहरु बीचमा गरेका कामहरु हेर्न आउनु हुन्छ । सिकेर जानु हुन्छ । सिवाईसी सहकारी सिकाईको केन्द्र पनि हो । देशभरका सहकारीकर्मीहरु हाम्रो संस्थामा अवलोकन, अध्ययन गर्न आउनु हुन्छ । गत वर्ष ६ हजार सहकारीकर्मी हाम्रो संस्थामा आईपुग्नु भएको थियो । यस वर्ष अहिलेको समयमा करिब २ हजारले अध्ययन अवलोकन गरिसक्नु भएको छ । यसले सहकारी पर्यटनको पनि विकास भएको छ । धेरै संस्थाले हामीले गरेका कामहरु सिकेर आफ्नो संस्थामा लागू गर्नु भएको छ । हाम्रो संस्थाा सहकारी अध्ययन अवलोकनको केन्द्र एवं सिकाई थलोको रुपमा विकास भईरहेको छ ।

आगामी दिनमा कस्तो सिवाईसीको परिकल्पना गर्नुभएको छ ?

वि.स २०९० सम्ममा देशकै उत्कृष्ठ संस्थाको रुपमा सिवाईसी हुनेछ । संस्थामा ५० हजार सदस्य आवद्ध हुनेछन् । संस्थाको २० वटा सुविधा सम्पन्न सेवा केन्द्र हुनेछन् । १५० जना कर्मचारी संस्थाको हुनेछ । ३ वटा प्रशोधन उद्योग स्थापना हुनेछन् । ३ सय जना सदस्यले पेनशन बुझ्नेछन् । ३ वटा होमस्टे सञ्चालन हुनेछन् ।

 

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय