विभिन्न सामाजिक कार्य गर्दै बिन्धवासिनीले मनायो २८ औं स्थापना दिवस, संस्थाको कुल सम्पत्ति साढे ३ अर्ब
काभ्रे : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ ।
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज्वलन एवं विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो । २८ औं स्थापना दिवसको पूर्व सन्ध्यामा भकुण्डे सेवा कार्यालयको व्यबस्थापनमा धुलिखेल अस्पताल, रोटरी क्लब अफ पनौती र रोटरी क्लव अफ कुम्सको प्राविधिक सहयोग तथा रोशी गाउँपालिका र स्माइल केयर फार्मेसीको सहकार्यमा रोशी गाउँपालिका फलामेसाँघुमा महिलाहरुको स्वास्थ्य परिक्षण गरेको संस्थाले जनाएको छ । स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो ।
सेवा कार्यालय ढुंखर्क, रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर संचालन गरिएको संंस्थाले जनाएको छ । त्यसैगरि सेवा कार्यालय भकुण्डेको व्यवस्थापन र प्रिमियर डेन्टलको प्रावधिक सहयोगमा १ दिने दन्त शिविरका साथै सवै सेवा कार्यालयहरुको सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम संचालन गरिएको थियो ।

त्यसैगरि स्थापना दिवसको दिन सेवा कार्यालयहरुमा पूजाअर्चना, दिपावली गर्नुका साथै ग्रिन कार्ड छनौटमा पर्न सफल २४ जना सदस्यलाई ऋण सहुलियत परिचयपत्र वितरण, कार्यालयगत जेष्ठ सदस्य सम्मान, अपाङ्गता भत्ता, रोशी गाउँपालिका १० तारेमा रहेको जागेश्वर आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी वितरणका साथै विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको मुख्य व्यबस्थापक के.बी. लामाले जानकारी दिनुभयो ।

समूहगत र क्षेत्रगत अवधारणामा संचालित बिन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रे तथा काठमाडौ जिल्लाभित्र १ हजार ८ सय २६ वटा समूह मार्फत ३९ हजार ५ सय ९१ शेयर सदस्य र ७ हजार ९ सय ८२ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४७ हजार ५ सय ७३ सेवाग्राहीलाई सेवा दिदै आएको छ ।

संस्थाको शेयर पूँजी ३५ करोड ४३ लाख ७८ हजार, ऋण लगानीमा वाँकी २ अर्ब ६२ करोड ४७ लाख ५३ हजार, बचत तथा निक्षेप २ अर्ब ५४ करोड ५ लाख ४ हजार पुर्याई कुल सम्पत्ति ३ अर्ब ४४ करोड ४८ लाख ५१ हजार पुगेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार