
दोलखा : भिमेश्वर नगरपालिका स्थित अर्थभूमि बचत तथा ऋण सहकारीरु संस्थाले थप एक वटा सहकारी एकीकरण गरेको छ । बैतेश्वर गाउँपालिका–६ मा रहेको नयाँपुल बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण सम्पन्न गरेको हो ।
अर्थभूूमि साकोस २०७२ साल कार्तिक ११ गते ३ वटा सहकारी संस्था एकीकरण गरेको थियो । त्यस्तै २०७७ मा थप एक सहकारी एकीकरण गर्न सफल भएको हो । अर्थभूूमि साकोसले एकीकरण गर्न अन्य सहकारीहरुसँग पनि पहल गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद दहालले बताउनुभयो ।
संस्थाको दर्ता ३३९/०५४/०५५ कायम गर्दै फागुन ७ गते बागमती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृत प्राप्त गरेको छ ।
हाल संस्थाको कार्य क्षेत्र दोलखा जिल्ला भर भए पनि साकोसले पहिलो चरणमा बैतेश्वर गाउँपालिकामा सेवा केन्द्र विस्तार गर्न र दोस्रो चरणमा कालिञ्चोक गाउँपालिका, विग गाउँपालिका र शैलङ्ग गाउँपालिकामा पनि कार्य क्षेत्र विस्तार गर्ने अध्यक्ष कृष्णप्रसाद दहालले बताउनु भयो ।
हाल संस्थाको मुख्य कार्यालय भिमेश्वर नगरपालिकाबाट र भिमेश्वर–५ बाट सेवा दिदै आएको छ । हाल संस्थामा ३ हजार २ सय २० सदस्य र ६ सय ३० बाल बचतकर्ता रहेका छन् । संस्थाको कुल वासलात २८ करोड रहेको छ । संस्था नेफस्कुनले संञ्चाल गरेको प्रोवेसन ब्राणमा पनि सहभागिता रहेको छ ।
अभिलेख
लोकप्रिय

नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबारRecent Posts

सहकारी विभागको रजिष्ट्रारमा ऋषि तिवारी
१३ फाल्गुन २०७७, बिहीबार
विकूका सदस्यले ९ प्रतिशतमै कर्जा पाउने
१३ फाल्गुन २०७७, बिहीबार
सहकारी बैंकलाई ७ वटै प्रदेश शाखा खोल्न स्वीकृति
१३ फाल्गुन २०७७, बिहीबार