
बागलुङ : आदर्श सञ्चार सहकारीले शनिबार अर्ध वार्षिक समिक्षा तथा आगामी योजनाका विषयमा छलफल गरेको छ । सहकारी संस्थाका संञ्चालक, उपसमित तथा कर्मचारी बिच संस्थाले पुष मसान्तसम्म गरेको कामको समिक्षा तथा भावी योजनाका विषयमा छलफल गरिएको छ ।
अर्ध वार्षिक समिक्षाको उद्घाटनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका सञ्चालक कमला गिरीले कर्मचारी र सञ्चालक बिचको जिम्मेबारी बाँडफाँडले सदस्यको सेवा प्रभावहलाई गुणस्तरीय बनाउदै लैजाने बताउनुभयो । उहाँले सञ्चालक, उप–समित तथा कर्मचारीले आफ्नो जिम्मेबारी सदैव बोध गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रा के.सी, राष्ट्रिय सहकारी बैंकका पोखरा शाखा प्रमुख नरेश पाण्डेय लगायतले मन्तव्य राख्नुभएको थियो ।
अर्धवार्षिक समिक्षा तथा भावी योजनाका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजिकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थाले २०८० साल भित्रको लक्ष्यमा पुग्नका लागि सञ्चालक, उपसमिति तथा कर्मचारीले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी अन्जुको अध्यक्षता, संस्थाका सल्लाहकार रुद्र बहादुर महतको स्वागत तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थामा हाल दुई हजार ५०० शेयर सदस्य, ५ करोड शेयर रकम, ३३ करोड बचत तथा ३१ करोड लगानी रहेको छ । छलफलमा आगमी असार मसान्त सम्म दुई हजार ७०० बढी शेयर सदस्य, पाँच करोड ८७ लाख शेयर रकम, ४० करोड बचत तथा ३८ करोड लगानी गर्ने लक्ष्य रहेको छ ।
संस्थाले २०८० सालसम्म पाँच हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड बचत, ७५ करोड कर्जा लगानी, १ करोड कोष बनाउन लक्ष्य रहेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार