सहकारितामा सहकार्य

हामी नारी हौं । अरुको खुसीमा रमाउन सक्छौं । हाम्रो कोमल मन अरुको ओठको हाँसो बनेर मुस्कुराउँन सक्छ । सुन्दरता त मानिसको भित्रि ज्ञान, सीप र असल व्यवहारमा हुन्छ ।
आजका स्मार्ट महिलाले सोचमा परिवर्तन ल्याउन जरुरी छ । आफू भित्र भएको सुन्दरतालाई पहिचान गरि त्यही अनुरुप प्रस्तुत हुन सक्नुपर्छ । सगरमाथामा पहिलो पाइला टेक्ने महिला नेपालीनै हुन । पासाङ ल्हामु शेर्पा आफु मरिन । तर, नेपालीको नाम र सान बिश्व सामु चिनाइन । सिएनएन हिरो भएर होस् अथवा अरुनै कृतिमानी कायम गरेर । हाम्रो देशलाई विश्व सामु चिनाउन महिलाको योगदान कम्ति छैन ।
त्यसकारण सबैको हातेमालो आवश्यक छ । एकअर्कालाई माया गरौ । सकारात्मक सोचको बिकास गरौं । सम्बृद्ध समाज र देश बिकासका लागि महिलाले आफ्नो ठाउबाट ठुलो योगदान गरिरहेका छन । पुरुष सरह वा कतिपय बिषयमा त त्यो भन्दा अझ माथि उठेर महिलाले योगदान गरिरहेका छन । परिवार मात्र सम्हालेका छैनन् । समाजको अगुवाई समेत गरिरहेका छन ।
एक्लो प्रयास संसारमै सुन्य मानिन्छ, तर सहयोगी मन र साथले अघि बढेमा पक्कै सफलताको स्वाद चाख्न पाइन्छ । सन् १९१० मार्चमा डेनमार्कको राजधानी कोपनहेगनमा १६ देशका करिब एक सय महिला अधिकारकर्मीहरुले महिला विरुद्धको सामाजिक सोचमा परिवर्तन हुनुपर्छ । सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा पुरुष सरह महिलाले पनि समान अधिकार पाउनुपर्छ भनेर सामुहिक आवाज उठाएका थिए । त्यसैको बलमा आज नारी अधिकार सम्बन्धी विभिन्न निकाय हरु गठन भएका छन । हामी १०६ औं अन्तराष्ट्रिय नारी नारी दिवससम्म आइपुग्दा तुलनात्मक रुपमा महिलाको पहुँचम अकासिएको छ । संसदीय ब्यवस्थामा सभामुख ठुलो महत्वको पद हो । रोल्पाली चेली ओनसरी घर्ति आज संसद हाकिरहेकी छन । कानून बनाउने र त्यसलाई कार्यान्वयन गराउने निकायमा भएको महिला सहभागिताले भोलिको सुखद संकेत गरेको छ । महिला मैत्रीभावको बिकास भएको छ ।
राष्ट्रपति जस्तो उच्च ओहोदामा महिलानै छन । विद्यादेबि भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको रुपमा शितल निवास छिर्दा पक्कै नेपाली महिलाको शिर उचो भएको छ । विश्वका लागि इष्र्यालाग्दो यो सफलता नेपालमा सम्भव भएको हो । अरुले पनि सिको गर्नुपर्छ । हाम्रो सामाजिक व्यवस्थाले महिलालाई जति नै होच्याए पनि महिला बिना पुरुष अपूर्ण छ । आजको स्मार्ट नारी सुपर वर्कर, सुपर मम्मी, परफेक्ट वाईफ बनेर घर परिवार देखि समाज र राष्ट्र हाकिरहेका छन । परिवार मात्र होइन, समाज व्यवस्थित गर्ने भुमिकामा छन ।
समाजका हरेक इकाईहरुमा महिला सहभागिता बढ्दो छ । कृषि, ब्यापार, राजनीति, समाजसेवा मा मात्र होइन । पछिल्लो समयमा सहकारी क्षेत्रमा पनि उल्लेखनिय ढंगले महिला हस्ताक्षर बढेको छ । त्यो निर्णायक र नेतृत्व तहमै स्थापित भएको छ । महिलाद्धारा संचालित सहकारी सयौं छन । सफल र उत्कृष्ट पनि । सहकारी क्षेत्रमा महिला सहभागिता पुरुषको तुलनामा इष्र्यालाग्लो ढंगले बढेको छ ।
तर, दुर्भाग्य निर्णायक तहमा भने अझै ३३ प्रतिशत मै अल्मलिएर बसेका छन् । महिला÷पुरुष एकरथका दुई पाङग्रा हुन । एकअर्काको अस्तित्व स्कीकारे मात्र समाज अघि बढ्छ । सहअस्तित्वको भावनाले मात्र मानव अधिकार बराबरी हुन्छ ।
म एउटा महिला सहकारीकर्मी भएपनि हरेक क्षेत्रमा महिला र पुरुषको सहभागिता बराबरी होस् भन्ने चाहन्छु । आर्थिक स्वतन्त्रता प्रदान गर्न सक्ने सामाजिक कृयाकलाप पुरुषका लागि मात्र सुरक्षित रहेका छन् । आर्थिक कुराको जिम्मेवारी महिलालाई दिनुहुन्न भन्ने परिवेश बोकेको समाज पनि यहि छ । धनकी लक्ष्मी भनेर महिलालाई नै पुज्ने सस्कृति पनि यहि समाजमा छ ।
५९ औं सहकारी दिवसको थिम अनुसार आम महिलाको आर्थिक विकास गरी आर्थिक रुपमा सम्पन्न सभ्य समाजको परिवर्तन तर्फ राज्य र स्वयम महिलाको ध्यान केन्द्रीत हुनु आवश्यक छ । सामाजिक रुपान्तरणका लागि समेत महिला र पुरुषको समान हक अधिकार हुनु आवश्यक छ । मानव अधिकार पनि बराबर हुनुपर्छ । हरेक महिलाले आफ्नो स्थान आफै बनाउन सक्नुुपर्छ । अधिकार दिइएन भनेर हुदैन । आफ्नो अधिकारको लागि आफै लड्न सक्नुपर्छ । आर्थिक रुपमा सक्षम भए आत्म विश्वास बढछ । हाम्रो समाजमा आर्थिक सम्पन्नताको सुचकले परिवार र समाजको अगुवा समेत बनाउछ । त्यसैले सहकारी मार्फत आर्थिक हैसियतमा बृद्धि गरेर महिलाले सक्षमताको परिचय दिन सक्नुपर्छ ।
महिला अधिकार मात्र होईन अब मानव अधिकारका लागि महिलाले सामुहिक आवाज उठाउन आवश्यक छ । अन्तमा ५९ औं सहकारी दिवसले ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ को नारा अघि सारेको छ । यो नारा महिला सहकारीकर्मीका लागिसार्थक बनोस । सफल होस् ।
जय सहकारी ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार