बहिरा स्रोतकक्षाका विद्यार्थीलाई दिदीबहिनी सहकारीकाे सहयाेग
म्याग्दी । बेनी नगरपालिका–१४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले विद्यालय पोसाक सहयोग गरेकाे छ । शनिबार श्रीपञ्चमी अर्थात् सरस्वती पुजाको दिनको अवसर पारी सदरमुकाम बेनीमा सञ्चालित विद्यालयमा रहेको बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई पाेशाक वितरण गरिएकाे हाे ।
१८ जना विद्यार्थीहरुलाई सहकारीको मुठ्ठीदान कार्यक्रमबाट पोसाक सहयोग गरेको संस्थाकी अध्यक्ष जमुना अाचार्यले बताईन । विद्यार्थीहरुको पढाईमा सहयोग गर्ने उद्देश्यले १३ जना छात्र र ५ जना छात्रालाई लक्षित गरी सर्ट, पाईन्ट र स्कटका लागि कपडाको एकएक थान सहयोग गरिएको आचार्यले जानकारी दिइन् । यसैगरी सोही कार्यक्रमको अवसरमा कुहुँ–३ की एकल, वृद्ध र अपाङ्गता महिलालाई मुठ्ठीदानबाटै खाद्यान्न सहयोग गरिएको थियो । सहकारीले ११ पाथी चामल, ५ लिटर खानेतेल, ५/५ केजीका दरले चिनी, दाल र नुन तथा २ प्याकेट चियापत्ती सहयोग हस्तान्तरण गरिएको बताइएको छ । सोही क्रममा सहकारीका ऋण उपसमिति सदस्य पुष्पा पुनले स्रोतकक्षाका विद्यार्थीहरुलाई नगद १ हजार १०० रुपैयाँ सहयोग गरेकी थिइन् ।
सहयोग ग्रहण गर्दै धौलागिरि माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले सहकारीको सहयोग अत्यन्तै सराह्रनीय भएको बताउँदै स्रोतकक्षाका विद्यार्थीको अध्ययन तथा अध्यापन क्रियाकलापमा सहयोग पुग्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
